दर्शकले खोज्न थाले ‘केजीएफ २’ सँग ‘सलार’ को कनेक्सन « Khabarhub

दर्शकले खोज्न थाले ‘केजीएफ २’ सँग ‘सलार’ को कनेक्सन


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यतिबेला ‘केजीएफ २’ ले दर्शकलाई आकर्षित गरिरहेको छ ।

विश्वमा भारतीय फिल्म रुचाइने दर्शकले ‘केजीएफ २’ हेरिरहेका छन् । केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् । उनको फिल्मलाई दर्शकले इन्जोय गरिरहेका छन् । यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ ।

उनको नेक्स्ट फिल्म हो ‘सलार’ । यसमा प्रभास छन् । साउथ इन्डियन फिल्मका दुई स्टारसँग प्रशान्तले काम गरिरहेका छन् ।’सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ । ‘केजीएफ २’ सफल भइरहँदा दर्शकले यसको कनेक्सन अर्को फिल्म ‘सलार’ सँग खोजिरहेका छन् । केजीएफकै मेकर्स र निर्देशकको फिल्म भएकाले कनेक्सन खोजिएको छ ।

‘केजीएफ २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान फ्यानले लगाएका छन् । ‘सलार’ को फस्टलुकमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् । उनीहरुले आफ्नो दुई प्रिय हिरो प्रभास र यशलाई एउटै फिल्ममा हेर्न चाहेको सामाजिक सञ्जालमा उल्लेख गर्दै कनेक्सन खोजिरहेका हुन् ।

‘केजीएफ२’ मा फर्मानाको आमाको क्यारेक्टर प्ले गर्ने कलाकार ईश्वरी राव ‘सलार’ मा समेत छिन् । यसले गर्दा पनि निर्देशक प्रशान्तले यी दुईको कथालाई एक आपसमा जोडेर अगाडि बढाउने अनुमान गरिएको छ । पछिल्लो समय बलिउडमा पनि मार्भल स्टुडियोको एभेन्जर्स र वार्नर ब्रोजको जस्टिस लिगकै शैलीमा दर्शकका प्रिय हिरोहरुलाई एकसाथ ल्याउने ‘ट्रेन्ड’ बढिरहेको छ ।

बलिउडमा रोहित शेट्टीले आफ्नो कप युनिभर्स बनाइसकेका छन् भने यशराज फिल्म्सले पनि ‘स्पाइ युनिभर्स’ बनाइरहेका छन् । यस्तैमा प्रशान्तले पनि त्यही अनुरुप ‘केजीएफ’ सँग ‘सलार’ लाई जोड्ने तयारी गरिरहेको चर्चा गर्दा फ्यानहरुले सामाजिक सञ्जालमा कनेक्सन खोजिरहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : १३ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

भद्रपुर– ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौं– सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति