मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे « Khabarhub

मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ ।

जिल्लाभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो । मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्मे भएको छ । चैत वैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ ।

इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर यहाँ रोपेको हो । स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती आजसम्म जिल्लाभरि फैलिएको छ । यहाँ चार स्थानीय तहमध्ये नार्पा भूमिबाहेक चामे, नाँसो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ ।

अहिले मनाङमा तीन जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरुको भनाइ छ । यहाँ गोल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् भने केही स्थानमा रैथाने र विकासे स्याउ पनि फल्न गरेका छन् ।

मनाङको स्याउले काठमाडौँ, पोखरा, लमजुङलगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ । पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ भने मनाङे स्याउ पाए भने मन नपराउने भने कोही नेपाली छैनन् । पछिल्ला दिनहरुमा सडक सञ्जालसँग मनाङ जिल्ला जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको किसानको भनाइ छ ।

जिल्ला डुम्रे–बेँसीसहर–चामे सडकखण्ड जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । आफूले फलाएको स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित भएका हुन् ।

उनीहरु भन्छन्, “गर्नसक्यो भने मनाङको स्याउको इज्जत नै अर्कै छ, तर ठूला शहर बजार टाढै छन्, त्यसले गर्दा मुख्य समस्या ढुवानीमै छ ।” वर्ष दिनमै उत्पादन दिने र राम्रो बजार पाइन थालेपछि स्थानीय बासिन्दा इटालियन स्याउतर्फ आकर्षित भएका हुन् ।

एग्रो मनाङले ७३५ रोपनी जग्गामा स्याउखेती गरेको छ । एग्रोले ६ वर्ष अगाडि इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर रोपेको हो ।

स्याउखेती गर्दै आएका एग्रो मनाङका समराज गुरुङले राम्रो उत्पादन भइरहेको बताए  । यो मनाङको हावापानी सुहाउँदो स्याउ भएको उनको भनाइ छ  । स्याउ फर्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ ।

स्याउलाई स्टोर गर्न भ्राताङ, बेँसीसहर र काठमाडौँमा शीतभण्डार बनाएको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो । रासस

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : १६ बजे

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४