फिल्ममा असफल भएपछि टिभीमा निकिता « Khabarhub

फिल्ममा असफल भएपछि टिभीमा निकिता


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निकिता चाण्डकले सन् २०१७ मा ‘मिस नेपाल’ को उपाधि जितेपछि एकाएक चर्चित बनिन् ।

सानैदेखि मोडलिङ क्षेत्रमा आउने उनको सपनालाई मिस नेपालको प्लेटफर्मले काम गर्‍यो । मिस नेपाल भएपछि चर्चामा रहेकी निकिताले फिल्म ‘रानीमहल’ बाट फिल्म क्षेत्रमा डेब्यु गर्ने चर्चा भयो ।

तर, फिल्म पूरा नहुँदै निर्माण टिममा लफडा भएपछि बाँकी काम रोकियो । फिल्म पूर्ण हुन नसकेपछि निकिताको विश्वास पनि उड्यो । त्यसपछि उनले डेब्यु गरिन् फिल्म ‘साङ्लो’ बाट ।

तर , डेब्यु फिल्ममै सफलता नपाएकी निकितालाई अर्को फिल्म पाउन मुस्किल भयो । अर्को फिल्मका लागि लामो समयसम्म पर्खाइमा रहेकी निकिता अन्तत: टेलिभिजन शो मा आउने भएकी छिन् । उनी ‘स्पिट्स भिल्ला’ नामक टेलिभिजन शो मा होस्ट बन्दैछिन् ।

त्यसो त निकिता अगाडिका मिस नेपालहरुको करियर पनि फिल्म वा टिभी होस्टमै देखिएको छ । त्यही बाटोमा निकिता पनि देखिएकी छिन् । तर, फिल्ममा निकिताको प्रयासले मूर्तरुप नआएपछि टेलिभिजनको बाटो रोजेकी हुन् । अब, हेरौँ फिल्ममा सफल नभएकी निकिताको करियर टिभीले कसरी अगाडि बढाउँछ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ४९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको