अमेरिकाका ५ जनप्रतिनिधि नेपाल आउँदै « Khabarhub

अमेरिकाका ५ जनप्रतिनिधि नेपाल आउँदै


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी कांग्रेसका ५ सदस्यले नेपालको भ्रमण गर्ने भएका छन् । अमेरिकाको राजधानी वाशिंटन डिसीबाट प्रकाशित हुने द हिल अनलाइनका अनुसार नेपाल आउन लागेका सबै जनप्रतिनिधि अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सदस्यहरु हुन् ।

द हिलका अनुसार नेपाल आउन लागेका अमेरिकी कांग्रेसका सदस्यहरुमा एरिजोना राज्यका सिनेटर मार्क केली, न्यूयोर्क राज्यकी सिनेटरी किर्स्टेन जिलिब्राण्ड, न्यू जर्सी राज्यका सिनेटर कोरी बुकर, मासाचुसेट्स राज्यका सिनेटर एड मार्की र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा न्यू योर्क राज्यको प्रतिनिधित्व गर्ने हाउस सदस्य मोन्डिएर जोन्स छन् ।

उनीहरुको टोलीले नेपालसहित भारत, जर्मनी, पोल्याण्ड र संयुक्त अरब इमिरेट्स युएईको पनि भ्रमण गर्ने द हिलले जनाएको छ ।

विश्वको राजनीतिक एवम् रणनीतिक अवस्था अस्थिर रहेका बेला सम्बन्ध सुधारको प्रयत्नस्वरुप अमेरिकी प्रतिनिधिको टोली विदेश भ्रमणमा निस्केको जनाइएको छ । नौ दिने भ्रमणको तालिका भने सुरक्षाका कारण देखाउँदै सार्वजनिक गरिएको छैन ।

नेपाल एसियाली मुलुकहरुमा युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्ने थोरै मुलुकहरुमध्ये एक रहेकाले अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका क्रममा यसबारे पनि छलफल हुनसक्ने द हिलले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ५७ बजे

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको