लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारद्वारा स्वास्थ्य सामग्री सहयोग


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सञ्चारिका समूह नेपाल जिल्ला शाखा लमजुङको समन्वयमा लमजुङ सेवा समाज कतारले सामग्री सहयोग गरेको हो । मंगलबार बेँसीशहरमा एक कार्यक्रमकाबीच ३५ जना महिला पत्रकार तथा सञ्चारकर्मीलाई मास्क र स्यानीटाइजर लगायतको सामग्री प्रदान गरेको शाखा अध्यक्ष बसन्ती भट्टले बताइन् ।

उनका अनुसार जिल्लामा कार्यरत क्रियाशील महिला पत्रकारलाई लक्षित गरी सामग्री प्रदान गरिएको हो । शाखाका सचिव बेलिना थापाका अनुसार लमजुङ सेवा समाज कतारको सहयोगमा १० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो ।

३५ जनालाई एक-एक प्याकेट मास्क, १०० एमएलको एक-एक वटा स्यानीटाइजर प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लमजुङ सेवा समाज कतारका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार नवराज नखोलाले विदेशमा रहेर पनि संस्था जन्मभूमिका लागि सहयोग गर्दै आएको बताए ।

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले विदेशमा रहेकाहरुको संस्थाले जिल्लाका पत्रकारका लागि सहयोग गरेर राम्रो काम गरेको बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ३८ बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा