ललितपुरमा विवेकशील साझाबाट उज्ज्वल कृष्ण बने मेयरका उम्मेदवार « Khabarhub

ललितपुरमा विवेकशील साझाबाट उज्ज्वल कृष्ण बने मेयरका उम्मेदवार


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ।

मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो। पार्टीको बागमती प्रदेशका संयोजक समेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणा पूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरि भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका छन्।

ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवासुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने आफ्ना एजेन्डा रहेको श्रेष्ठले योजना अघि सारे। सबै पार्टीहरूले ठूला ठूला सपना देखाएर पूरा नगरेको स्मरण गर्दै श्रेष्ठले भने, ‘मैले गर्नै नसकिने ठूला ठूला सपना देखाउँदिन। तर म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु। इमानदारी मेरो पहिलो सर्त हो ।’

कार्यक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाटनको सभ्यता र कलाको जगेर्ना हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘विश्वमा अमेरिका भन्ने देश पत्ता नलाग्दै र काठमाडौँ र भक्तपुरको सभ्यता सुरु नहुँदै पाटनको सभ्यता र वैभव थियो। हाम्रा पिता पुर्खामा रहेको सांस्कृतिक र पुरातात्त्विक चेत अहिलेको पुस्ता र नेतृत्वमा नहुँदा पाटनको सभ्यतालाई उचित संरक्षण र प्रवर्द्धन गर्न सकिएको छैन।’

विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको नेतृत्व गर्न पाए शिक्षा, स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउनुका साथै पाटनको सभ्यतालाई जगेर्ना गर्न सम्पदा आसपासका हरेक घरलाई नेवा: सभ्यता अनुसारका बनाउन अनुदान दिने अध्यक्ष मिश्रले घोषणा गरे।

घोषणा सभामा पार्टीका नेता एवं बागमती प्रदेश सांसद शोभा शाक्यले ललितपुर महानगरमा थुप्रै पटक पुराना पार्टीले नेतृत्व गरे पनि जनताको जीवनस्तर र शहरको गौरव बढाउन नसकेको दाबी गर्दै एक पटक विवेकशील साझा पार्टीलाई मौका दिनुपर्ने विचार राखिन्।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ५८ बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा