ब्रम्होस क्षेप्यास्त्र चलाउने तालिम लिन फिलिपिन्सका सैनिक भारत आउने « Khabarhub

ब्रम्होस क्षेप्यास्त्र चलाउने तालिम लिन फिलिपिन्सका सैनिक भारत आउने


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रम्होस क्षेप्यास्त्र प्रणाली सञ्चालनका लागि भारतले फिलिपिनो सैनिकहरूलाई तालिम दिने भएको छ । ब्रम्होस क्षेप्यास्त्र प्रणालीको सञ्चालन गर्ने तालिम लिनका लागि फिलिपिनो सैनिकहरु जुलाई–अगष्ट महिनादेखि भारत आउने छन् ।

गत जनवरी महिनामा दुई मुलुकबीच ब्रम्होस क्षेप्यास्त्र प्रणालीका लागि ३७ करोड ५० लाख डलर बराबरको सम्झौता भएको थियो ।

हाल ब्रम्होस क्षेप्यास्त्र निर्माता कम्पनी ब्रम्होस एअरस्पेसले फिलिलिन्सको सेनालाई युद्धपोत भेदी क्षेप्यास्त्र प्रणालीको आधार निर्माण गर्न सहयोग गरिरहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आगामी १८ महिनाभित्र भारतले ब्रम्होस क्षेप्यास्त्र प्रणालीको पहिलो चरण फिलिपिन्स पुग्ने बताइएको छ । यद्यपि यस प्रणालीको सञ्चालनबारे तालिम लिन फिलिपिन्सका सैनिकहरु यही वर्षको जुलाई देखि अगष्ट महिनामा भारत आउन लागेको एएनआईले जनाएको छ ।

उनीहरुको तालिम राजधानी दिल्ली र हैदरावाद शहरमा हुने बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : २२ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय