सत्तारुढ गठबन्धनको बैठक सकारात्मक, अर्को बैठक राति १० बजे फेरि बस्ने « Khabarhub

सत्तारुढ गठबन्धनको बैठक सकारात्मक, अर्को बैठक राति १० बजे फेरि बस्ने


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धनको बैठक आज पुन: बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुन: बस्न लागेको हो ।

बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

दिउँसोबाट बसेको बैठक केही बेर रोकिएर पुन: बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार गठबन्धनको अर्को बैठक आजै राति १० बजे पुन: बस्ने छ । तर सरकारका प्रवक्ताले भने बैठक जारी रहेको प्रतिक्रिया दिएर बाहिरिएका थिए ।

महानगरको विषयमा मोटामोटी सहमति भए पनि उपमहानगरका विषयमा अब छलफल हुने स्रोतको भनाइ छ ।

सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो । सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको कार्कीले जानकारी दिए ।

‘बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारात्मक रुपले अघि बढेका छन्’ उनले भने, ‘बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ । हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ । ‘

आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए ।

‘हामीले समग्रमा ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा छलफल गरेका छौं र अन्तिम निर्णयमा सकारात्मक रुपमा पुग्न लागेका छौं ।’

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ४८ बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै