भिडियोमा पनि पूजासँग आकाश « Khabarhub

भिडियोमा पनि पूजासँग आकाश


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म प्रेमी दर्शक माँझ पूजा शर्मा र आकाश श्रेष्ठको जोडी प्रिय बनिसकेका छन् ।

यी दुइले अभिनय गर्ने फिल्मले राम्रै चर्चा पाउने गरेको छ । यस्तै  यिनलेसँगै अभिनय गरेको फिल्म सम्झना बिर्सना र सम्हालिन्छ कहिले मन पनि रिलिजको क्रममा छ ।

कोरोना भाइरसको महामारीका कारण फिल्म रिलिजमा ढिलाई भएता पनि दर्शकले पूजासँग आकाशको जोडीलाई म्युजिक भिडियोमा हेरिरहेका छन् ।

हालै यी दुई अभिनित ‘स्वर्गकी अप्सरा’ बोलको मेलोडियस गीत सार्वजनिक भएको छ । नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन् ।

ठूलो पर्दाको फिल्मसँगसँगै म्युजिक भिडियोमा समेत रुचाईंदै आाएका आकाश र पूजाको केमेष्ट्री यो गीतको म्युजिक भिडियोमा जमेको छ।

कोरियोग्राफर कविराजले भिडियोलाई फिल्मी शैलीले तयार पारेका छन् । फिल्मी गीतको भिडियोदेखि म्युजिक भिडियोसम्ममा सधैं आकर्षक लोकेशन पस्केर दर्शकलाई मोहित तुल्याउँदै आएका कविराजले यसको भिडियोमा समेत त्यसलाई निरन्तरता दिएका छन् ।

दीपक कंडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाएका छन् भने दीपक वसन्त कार्कीले संगीत भरेका छन् । सौरभ लामाको छायांकन निर्देशन रहेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : २० बजे

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ– आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार,

पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल