मेलम्चीको पानी समानुपातिक ढंगले वितरण गर्न मन्त्री चौधरीको निर्देशन « Khabarhub

मेलम्चीको पानी समानुपातिक ढंगले वितरण गर्न मन्त्री चौधरीको निर्देशन


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका १० वटै पानी रिजर्भ ट्यांकीबाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स क्षेत्रको बैकल्पिक सुरुङबाट पानी पथान्तरण गरेपछि मंगलबार सुरुङको पानी

सुन्दरीजल आइसकेपछि मन्त्री चौधरीले पानी प्रशोधन केन्द्रमै समस्या र समाधानका विषयमा सम्बद्ध निकायका प्रमुख र सरोकारवालालाई यस्तो निर्देशन दिएका हुन् ।

उनले काठमाडौँको कुनै ठाउँमा मेलम्चीको नयाँ धारामा गाडी धुने गरी पानी आउने र कुनै नागरिकको घरमा पिउनका लागि एउटा पनि धाराबाट पानी नआउने अवस्था नबनाउन आग्रह पनि गरे ।

४० प्रतिशतसम्म खानेपानीको चुहावट हुने गरेको विवरण सुन्दा आफूलाई अचम्म लागेको भन्दै मन्त्री चौधरीले चुहावट नियन्त्रण गर्न र पानीको शुल्क उठाउन केयूकेएललाई निर्देशन दिए ।

एसियाली विकास बैंक (एडीबी) ले समेत केयूकेएलको व्यवस्थापन राम्रो नभएको भनेर आफूसँग गुनासो गरेको मन्त्री चौधरीले बताए ।

खानेपानी सचिव सुरेश आचार्यले मेलम्चीको पानी उपत्यकामा समानुपातिक ढंगले वितरणका लागि पूर्वतयारी गर्नुपर्ने भन्दै चुहावट नियन्त्रणमा विशेष सतर्क हुनुपर्ने बताए ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव राणाले कतै दुई वटा धारामा पानी आउने र कतै दुई वटै धारामा पानी नआउने अवस्थामा उपभोक्तालाई असमानताको महसुश हुने र महसुल संकलनमा समस्या हुने बताए ।

केयूकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने जनाए ।

उनले काठमाडौँको नयाँ एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने पनि जानकारी दिए ।

आगामी आइतबारदेखि महाँकाल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगंज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमीको तिगेरी र कटुन्जे रिजर्भवेर टैंकबाट पानी वितरण हुने भएको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ५५ बजे

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ– आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार,

पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल