पृथ्वीसुब्बा गुरुङको गृहपालिकामा एमालेको प्यानलै विजयी « Khabarhub

पृथ्वीसुब्बा गुरुङको गृहपालिकामा एमालेको प्यानलै विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङको गाउँपालिकाका जनप्रतिनिधिमा एकजना पनि अन्य दल निर्वाचित भएका छैनन् ।

गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । उनले तीन हजार ८५६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत ल्याएका छन् । एक हजार ३ सय ६७ मत अन्तरले सूर्यप्रसाद गुरुङले चुनाव जितेका हुन् ।

मंगोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै गमिमाया गुरुङ तीन हजार ९८९ मतका साथ निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत ल्याएकी छन् ।

एक हजार ६४९ मतान्तरले गमिमायाले चुनाव जितेकी हुन् । ९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा कुनै पनि वडामा अरु दलले जितेको छैन । क्व्होलासोंथर गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा पेमा गुरुङ, २ मा खुसीमान गुरुङ, ३ मा आशविर गुरुङ, ४ मा नारायण गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा लक्ष्मण गुरुङ, ८ मा सन्तोष घले र ९ मा हुमराज गुरुङ निर्वाचित भएका छन् । ०७४ को स्थानीय निर्वाचनमा वडा नं. २ र ८ नेपाली कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ४४ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित