मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसको दाबी « Khabarhub

मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसको दाबी


५ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनी पूर्वीसहर मारिओपोलमा थप ७०० भन्दा बढी युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ ।

रुस समर्थक पृथकतावादीहरूका नेता डेनिस पुसिलिनका अनुसार बन्दरगाह सहरको एजोभस्टल स्टिलवर्कमा युक्रेनी लडाकुहरूका शीर्ष कमाण्डरहरू अझै पनि काराखानाभित्र छन् ।

कारखानाभित्र फसेका थप लडाकुको भविष्यबारे युक्रेनी अधिकारीहरूले सार्वजनिकरूपमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । युक्रेनी सेनाका प्रवक्ता ओलेक्जेन्डर मोटुजायनिकले पत्रकार सम्मेलनमा भने, ‘राज्यले हाम्रा सुरक्षाकर्मीहरूको उद्धार गर्न सक्दो प्रयास गरिरहेको छ।’

यसबारेमा थप सूचना सार्वजनिक गर्दा उनीहरूको उद्धार पक्रिया जोखिममा पर्ने उनले संकेत गरे । युक्रेनले आफ्ना २५० लडाकुले आत्मसमर्पण गरेको बुधबार पुष्टि गरेको थियो । तर, कारखानाभित्र अझै कति सेना छन् भन्ने बारेमा केही खुलाएको छैन ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : २७ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको