मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसको दाबी « Khabarhub

मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसको दाबी


५ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनी पूर्वीसहर मारिओपोलमा थप ७०० भन्दा बढी युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ ।

रुस समर्थक पृथकतावादीहरूका नेता डेनिस पुसिलिनका अनुसार बन्दरगाह सहरको एजोभस्टल स्टिलवर्कमा युक्रेनी लडाकुहरूका शीर्ष कमाण्डरहरू अझै पनि काराखानाभित्र छन् ।

कारखानाभित्र फसेका थप लडाकुको भविष्यबारे युक्रेनी अधिकारीहरूले सार्वजनिकरूपमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । युक्रेनी सेनाका प्रवक्ता ओलेक्जेन्डर मोटुजायनिकले पत्रकार सम्मेलनमा भने, ‘राज्यले हाम्रा सुरक्षाकर्मीहरूको उद्धार गर्न सक्दो प्रयास गरिरहेको छ।’

यसबारेमा थप सूचना सार्वजनिक गर्दा उनीहरूको उद्धार पक्रिया जोखिममा पर्ने उनले संकेत गरे । युक्रेनले आफ्ना २५० लडाकुले आत्मसमर्पण गरेको बुधबार पुष्टि गरेको थियो । तर, कारखानाभित्र अझै कति सेना छन् भन्ने बारेमा केही खुलाएको छैन ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : २७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने