हुम्लाको चंखेलीमा मतगणना जारी « Khabarhub

हुम्लाको चंखेलीमा मतगणना जारी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना जारी छ । बिहीबार बिहान ७ बजेदेखि मतगणना जारी छ ।

संघीय सांसद छक्कबहादुर लामासहित हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस माग गरेपछि चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेको हो ।

चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा ४ जेठमा मतदान कार्य सम्पन्न भएपछि गरिएको मतगणना स्थगित भएको थियो । तर, बिहीबार बिहानबाट मतगणना कार्य गरिएको निर्वाचन अधिकृत हेमकुमार ढकालले जानकारी दिए ।

उक्त महादेव मावि मतदान केन्द्रमा ८६ दशमलव ३७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी सीता परियार जानकारी दिए । चंखेली-२ मा रहेको मतदान केन्द्रमा जम्मा ९०३ जना मतदाता छन् । जसमध्ये ७८० मत खसेको र खसेको मतको कुल खसेको मतमा ३९५ पुरुष र ३८५ महिलाले मतदान गरेका हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : ४४ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा