सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी « Khabarhub

सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका हुन्।

गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले पाँच हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गरे । अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले पाँच हजार ९८ मत प्राप्त गरे भने उपाध्यक्ष पदकी उम्मेदवार हेमा अधिकारीले तीन हजार ९५८ मत प्राप्त गरे ।

सात वडा रहेको सुनकोशीमा ६ वटामा गठबन्धन तथा एउटामा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसले १, २, ३ र ४ नंम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ५ र ६ नम्बर वडा जितेको छ । गठबन्धनलाई पराजित गर्दै वडा नं. ७ मा एमाले विजयी भएको छ । विसं २०७४ मा एमालेले तीन, कांग्रेसले दुई र माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वडामा जित हासिल गरेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : ५७ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा