बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक « Khabarhub

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी) ले एक स्थानीय तहमा जित हासिल गरेको छ । 

कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । एमाले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्रले दुर्गाथली र छविसपाथीभेरा गाँउपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले जित हात पारेको छ । 

यस्तै पालिकाको उपप्रमुख पदमा भने कांग्रेसले पाँच, एमालेले दुई,  माओवादी केन्द्रले तीन र समाजवादीले दुई स्थानीय तहमा जित हात पारेको छ । कांग्रेस सुर्मा, दुर्गाथली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, एमाले तल्कोट र साइपाल गाउँपालिका, माओवादी केन्द्र खप्तडछान्ना तथा मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ ।

जिल्लाका ९४ वडामध्ये कांग्रेसले ३१, एमालेले २७, माओवादी केन्द्रले ११ र एकीकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर आठ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् । 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : ३५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा