कर्णालीका मेयर विष्णु भाम भन्छन्- ‘छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु’  « Khabarhub

कर्णालीका मेयर विष्णु भाम भन्छन्- ‘छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु’ 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– छायाँनाथ रारा नगरपालिकाको मेयरमा निर्वाचित ३२ वर्षीय  विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन् । 

उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन् । यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा छायाँनाथ रारा नगरपालिका-४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले ०६८ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । वडा अध्यक्षमा निर्वाचित भएपछि उनले राज्यबाट प्रदान हुने तलबभत्ता र विभिन्न संघ संस्था बाट प्राप्त हुने भत्ता सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका थिए । उनले कल्से कोषको स्थापना पनि गरेका थिए । 

मेयर भामले नगरपालिकाका गरिब, दलित, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसहित आवश्यकताअनुसार सहयोग गर्दै आएका छन् । 

यस्ता छन् मेयर भामका ऐजेण्डा
१- भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न
२- ग्रामीण बस्तीहरूको उचित व्यवस्थापन तथा नमुना बस्ती विकास
३- सुधारिएको खानेपानी सरसफाइ, खानेपानी तथा सिँचाइ
४- सडक तथा यातायात सुविधा
५- गुणस्तरीय शिक्षा तथा नमुना विद्यालय विकास
६- गुणस्तरीय स्वास्थ्य सेवा
७- कृषि पशुपालन तथा लघु उद्यम
८- युवा तथा खेलकुद
९- लक्षित वर्षको उत्थान तथा सशक्तीकरण 

कान्छा मेयर भामले आफू बिनायोजना र भिजन मेयरमा नआएको बताएका छन् । उनी भन्छन्, ‘मेरो कार्यकालमा यो गाउँपालिकालाई देशकै नमुना पालिका बनाउँछु । विदेशिएका युवालाई फिर्ता बोलाएर स्वरोजगार कार्यक्रम चलाउँछु ।’  

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ३ : २३ बजे

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका