‘लाइफ इन एलए’ प्रिमियर सम्पन्न « Khabarhub

‘लाइफ इन एलए’ प्रिमियर सम्पन्न


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’ को बुधबार प्रिमियर गरिएको छ ।

No description available.

ललितपुरस्थित क्युएफएक्स लविम मलमा गरिएको प्रिमियर फिल्मले मिश्रित प्रतिक्रिया बटुलेको छ । निर्देशक प्रकाश सायमी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपक श्रेष्ठ, वितरक कोपाल काजी कायस्थ, क्युएफएक्सका सञ्चालक नकिम उद्दीन, अभिनेता संदीप क्षेत्री, नेपाली फुटबल टिमका पूर्व कप्तान विराज महर्जन, खेलाडी भरत खवास, नेपाली महिला फुटबलर अन्जना थापा मगर, र्‍यापर दिनेश लगायत फिल्म हेर्न पुगेका थिए ।

No description available.

निर्देशक तथा अभिनेत्री दीपाले अमेरिका पुगेपछिको जीवनलाई फिल्ममा देखाइएको बताइन्। ‘हामी अमेरिकालाई सपनाको देश मात्र भन्छौँ । तर, त्यहाँ गएपछिको लाइफस्टाइल कस्तो हुन्छ भन्नेबारेमा हामीलाई थाहा नै हुँदैन । यी सबै कुरालाई फिल्ममा देखाइएको छ दीपाले भनिन् । पूर्वडीआईजी रमेश खरेलले निर्माता ब्यास बिस्सुले आफ्नो लाइफसँग जोडेर फिल्म बनाएकाले कति दृश्यमा आफू इमोसनल भएको बताए ।No description available.

निर्देशक प्रकाश सायमीले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । ‘अमेरिकामा बनेको फिल्म भएकाले यसले एउटा फरक भ्यालु राख्छ । अमेरिकामा बस्ने नेपालीको कथालाई फिल्ममा बुनिएको छ । समाज, आर्थिक विकास, नेपालीले पुर्‍याएको योगदान र अमेरिका जान चाहनेलाई फिल्मले सुझाव दिन्छ ’ निर्देशक सायमीले भने ।

No description available.त्यस्तै, फुटबल खेलाडी विराज महर्जन र भरत खवासले सिनेमामा वास्तविक कथालाई प्रस्तुत गरिएकाले मन छोएको बताए । उनीहरूले निर्माता बिस्सुले नेपाललाई पुर्‍याएको योगदानको पनि प्रशंसा गरे ।

No description available.अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’ को टिमबाट निर्देशक सूर्य एन श्रेष्ठ, निर्माता तथा अभिनेता ब्यास बिस्सु, कार्यकारी निर्माता संसार सुवेदी, अभिनेता बुद्धि तामाङ, अभिनेता लोकेन्द्र लेखक, अभिनेत्री शिल्पा मास्के, अभिनेत्री अकेशा बिष्ट, अभिनेत्री निलम चन्द प्रिमियरमा उपस्थित थिए । साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय छ । No description available.

यसमा एलिस कार्की र प्रतीक पौडेलको संगीत र प्रताप दास, प्रविशा अधिकारी र कविता श्रेष्ठको स्वर छ ।

No description available.

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ३ : १८ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६