कैलालीको कैलारीमा कांग्रेस विजयी « Khabarhub

कैलालीको कैलारीमा कांग्रेस विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् ।

चौधरीले १० हजार ४९२ मत प्राप्त  गरेका छन भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले छ  हजार ४३० मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेका छन भने उनकी प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारूले छ हजार ४७७ मत प्राप्त गरेका छन् । 

३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेको थियो । यसमध्ये तीन हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस गाउँपालिकाको वडा नं ३ मा माओवादीबाट दलित महिला सदस्यबाहेक एकदेखि ९ नंं वडासम्म पूरै प्यानलसहित कांग्रेसले विजयी हासिल गरेको छ । 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ३ : ३१ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा