हात्तीको आक्रमणबाट टिकापुरमा महिलाको मृत्यु | Khabarhub Khabarhub

हात्तीको आक्रमणबाट टिकापुरमा महिलाको मृत्यु


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – जिल्लाको टीकापुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताएका छन् ।

नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुङ्गा सङ्कलन गरिरहेका थिए । एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय कैलाली, बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमण बढ्दै गएको छ । यसबाट जङ्गल आसपासमा भएका क्षेत्रमा बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ५४ बजे

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे