'जीवनशैली सुधारेमा हर्मोनको समस्या समाधान हुन्छ' | Khabarhub Khabarhub

‘जीवनशैली सुधारेमा हर्मोनको समस्या समाधान हुन्छ’



हर्मोन एक प्रकारको रसायन हो। हाम्रो शरीरका विभिन्न ग्रन्थीले फरक–फरक हर्मोन उत्पादन गर्छ। जसको काम पनि छुट्टाछुट्टै हुन्छ। जस्तैः घाँटीमा थाइराइड ग्रन्थी, मष्तिष्कमा पिट्युटरी ग्रन्थी, प्याराथाइरोड ग्रन्थी हुन्छ। पिट्युटरी ग्रन्थीले चार–पाँच वटा हर्मोन उत्पादन गर्छ। यसै विषयमा खबरहबका लागि विना न्यौपानेले इन्डोक्राइनोलोजिष्ट डा. अमृत त्रिपाठीसँग गरेको कुराकानीको सम्पादित अंश

हर्मोनले शरीरमा धेरै समस्या देखापर्ने भन्ने गरिन्छ, खासमा हर्मोन भनेको के हो र हाम्रो शरीरमा यसको आवश्यकता किन पर्छ ?
हर्मोन भनेको एक प्रकारको रसायनिक तत्व हो। जुन हाम्रो शरीरमा भएका गन्थ्रीले उत्पादन गर्छ। विभिन्न गन्थ्रीले हर्मोन उत्पादन गर्छन् र ती सबैले विभिन्न किसिमका कार्य गर्दछन्। खास हाम्रोनको खास काम हुन्छन्। जस्तै मस्तिष्कमा भएका केही ग्रन्थी पिट्युट्रिक ल्यान्ड त्यस्तै घाँटीमा थाइरोड ग्लान्ड भन्ने हुन्छ। सँगसगै प्याराथाइरोड ग्लान्ड भन्ने हुन्छ। पिट्युटरी ग्ल्याण्डका चारपाँच वटा हार्मोनहरु छन्। त्यसमध्ये एउटा हार्मोनले थाइरोड ग्ल्यान्डलाई स्टीमूलेट गर्ने हर्मोनहुन्छ र त्यसले थाइरोड हर्मोन निकाल्छ। थाइरोड हाम्रोनले हाम्रो शरीरका विभिन्न अंगलाई सही ढंगले सञ्चालन गर्न र त्यसलाई जीवित राख्ने कार्य गर्दछ।

त्यस्तै थाइराइड ग्ल्यान्डसँगै भएको प्याराथाइराइड ग्ल्यान्डले प्याराथाइराइड हर्मोन उत्पादन गर्छ। यसले हाम्रो शरीरमा क्याल्सीयमको मात्रमा सन्तुलन राख्दछ। त्यस्तै प्यांक्रियाज अर्थात् आमाशायले इन्सुलिन भन्ने हर्मोन निकाल्छ। इन्सुलिनको कमी हुँदा मधुमेह रोग लाग्छ। त्यस्तै मृगौलामाथि हुने दुई वटा अड्रिनल ग्लान्डले दुई तीनथरी हर्मोन निकाल्छ। त्यसमा कट्टीसोल भन्ने हर्मोन हुन्छ त्यसले ग्लुकोजको मात्रामा सन्तुलन गर्छ। अल्डस्टोरोन भन्ने हर्मोन हुन्छ त्यसले रक्तचापको र शरीरमा नुनको मात्रा सन्तुलनमा राख्दछ। यस्तै विभिन्न ग्रन्थ्रीले निकालेको हर्मोनको विभिन्न काम गर्छन्।

यसलाई हर्मोनको प्रकार भन्न मिल्छ ?
भन्न मिल्छ। खासगरी हर्मोन तीन प्रकारमा विभाजन गरेको हुन्छ। सबभन्दा साझा चाहिँ पेप्टाइड हर्मोन हो। यो एउटा प्रोटिन कै एउटा रुप हो। दोस्रोमा एमाइन हर्मोन हो। तेस्रोमा स्टेरोइड हाम्रोन। थाइराइड हार्मोन, अड्रिनल ग्रन्थीबाट निस्कने इपिनेफ्री नन्इपिनेफ्रीहरु एमाइन समूह भित्र पर्दछ। अड्रिनल ग्लान्डबाट निस्कने कटिसोल, अल्डस्टोरोन, मेल सेक्स अर्गान टेस्टीस्, फिमेलको ओभेराबाट निस्कने हर्मोनहरु स्टेरोइड भित्र पर्छ। अन्य मस्तिष्कमा भएको हाइपोथाइलामस, पिट्युट्रिक ग्लान्ड, प्यान्क्रीयजबाट निस्कने सबै हर्मोन पेप्टाइड समूह अन्तर्गत पर्दछन्।

हर्मोनमा गडबढी भयो भने कस्ता खालका समस्या देखा पर्छन् ?
हामी सबैले बुझेको डाइभर्टिज भन्ने अवस्था हुन्छ। यो इन्सुलिन हर्मोनको गडबढीले हुन्छ। डाइभर्टिज टाइपोन र टाइपोन गरेर यी दुई प्रकारका हुन्छन्। प्रायजसो हामी सबैलाई देखिने भने टाइप २ हो। यसमा इन्सुलिन हर्मोन पर्याप्ता हुँदा हुँदै पनि इन्सुलिनले काम गर्न नसक्ने अवस्था हुन्छ। सुरुमा इन्सुलिन पर्याप्त हुन्छ तर पछ कम हुँदै जान्छ।

टाइपोन मधुमेहमा इन्सुलिन उत्पादन नै हुँदैन र इन्सुलिनको कमी हुन्छ। अर्को साझा रोग भनेको थाइराइड ग्रन्थीको रोग हो। थाइराइड रुद्र घण्टीको तल भागमा हुन्छ। यसले दुई खालको टी फो र टी थ्री हर्मोन निकाल्दछ। यी हर्मोन हाम्रो शरीरका महत्वपूर्ण हर्मोन हुन्। हाम्रो शरीरमा भएका कोषीकालाई सहि ढंगबाट संचालन गर्ने कार्य थाइराइड हर्मोनले गर्दछ। हामीले सेवन गरेको खाद्य पदार्थबाट निस्केको चिजलाई शक्तिको रुपमा प्रयोग गरेर आफूलाई बचाइ राख्ने र विकास गर्ने कार्यलाई मेटापोजिम भनिन्छ। मेटापोजिम गराउने कार्य थाइराइड हर्मोनले गर्दछ। यो हर्मोन बढी पनि हुनसक्छ कम हुन पनि सक्छ। बढी हुने अवस्था भनेको हाइपो थाइरोनिज्म् हो। थाइराइड ग्रन्थ्रीको समस्या भयो भने हर्मोन बढी उत्पादन हुन्छ। यसले मेटापोलीज्म् छिटोछिटो हुन्छ। जसले गर्दा मुटु छिटोछिटो चल्ने, पसिना आउने, मान्छे आक्तिने छटपटिने, तौल घट्ने, महिनावारी घट्बट हुने, पखाला लाग्ने समस्या हुन्छ।

थाइराइडको गडबढीले हर्मोन थोरै भयो भने छिटोछिटो हुने प्रकिया ढिला हुने हुन्छ। जसले गर्दा तौल बढ्ने, कपाल झर्ने, थाकान लाग्ने, काम गर्न मन नलाग्ने हुन्छ। सेक्स हर्मोनमा गडबढी छ भने पोलिस स्टीक ओभिरिन्यस सिम्टम हुनसक्छ। पुरुषमा सेक्स हर्मोन टेस्टटोरोन हर्मोनको कमी भयो भने कुन समयमा त्यसको कमी आएको त्यसमा भर पर्दछ। किशोर अवस्थाभन्दा पहिला नै कमी आएको भए सेक्सुयल अर्गान विकासमा गडबढी हुन्छ । बालकको मांशपेशीको विकास नहुने, पुरुषको जस्तो आवाज नहुने, हड्डी बलियो नहुने जस्ता समस्या देखिन्छन्। किशोर अवस्थापछिसम्म पनि हर्मोनमा कमी भएमा यौन जीवन सन्तुष्ट नहुन सक्छ।

यी हर्मोनका मास्टर रेगुलेटर मस्तिष्कमा हाइपोथालमस भन्ने एरिया हुन्छ। त्यसमा पनि पाँच छ वटा हर्मोन निस्किन्छ। यो हर्मोनले मस्तिष्क मै भएको पिट्युटरी ग्लान्डलाईं हाइपोथाइलमसबाट निकालेको हर्मोनले रेगुलेट गर्छ। ब्रेन ट्यूमर, इन्फेक्सन भयो भने हाइपोथाइलमसमा गडबढी हुने समस्या हुन्छ। जुन ग्लान्डलाई असर गरेको हो। त्यो ग्लान्डको हर्मोन बढी या कम हुने आधारबाट हर्मोनको काम विशेषमा फरक पार्दछ। त्यही अनुसारको रोग लाग्दछ।

के कारणले हर्मोन गडबढी हुन्छ ?
हर्मोन गडबढी एउटा कारणले हुन्छ भनेर भन्न सकिँदैन। थाइराइड हर्मोनको कम र बढी उत्पादन हुँदा गडबढी हुन्छ। मुख्य कारण भनेका अटो इम्यून हो। अटो इम्यून भनेको रोग प्रतिरोधात्मक क्षमता हो। इम्यूनिटीले बाहिरको व्याक्टेरियाबाट हुने आक्रमणबाट बचाउँछ। तर, कहिलेकाही आफ्नै शरीरको अंगमा पनि आक्रामण गर्ने हुन्छ। थाइराइडमा अटो इम्यूनिटी हुन्छ जसले गर्दा आफ्नै थाइराइडलाई नष्ट गर्ने हुन्छ। यो अटो इम्यूनले थाइराइडलाई हर्मोन धेरै उत्पादन गराउने अवस्था आउँछ। जसलाई हाइपो थाइरोज्म् भनिन्छ। प्राय मानिसले थाइराइड भयो भनेर भन्नु नै हाइपो थाइरोइज्म् हुनु हो। त्यसैगरी इन्सुलीन हर्मोनको असन्तुलनले मधुमेह हुन्छ। आमाशायमा बिटा सेल भन्ने हुन्छ जसले इन्सुलिन बनाउने काम गर्दछ। विटा सेलको अटो इम्यून नष्ट भयो भने इन्सुलिन बनाउन पाउँदैन र जसले गर्दा मधुमेह, ताइपन हुन्छ।

यसले गर्ने असर धेरै देखिन्छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
सबै भन्दा जल्दोबल्दो समस्याको रुपमा डाइभर्टिज र थाइराइड हो। अन्य चिज अडिनल ग्लन्डको, किड्नी, पिट्युटरील्यान्ड जीवन शैलीसँग सम्बन्धित हुँदैन। यसमध्ये इन्सुलिन हर्मोन मानिसको जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ। मोटोपना, खानपिन नमिलेमा, व्यायमको कमी, खानपिनमा सन्तुलन भएन भने डाइभर्टिज हुने सम्भावना हुन्छ। यसकारण जंगफुडमा प्रयोग नगर्ने, नियमित व्यायम गर्ने, योगा आफ्नो दैनिक जीवनमा प्रयोगमा ल्याउनुपर्छ। त्यस्तै हड्डी खिइने समस्यामा मधिरापान, धुम्रापान, व्यायमको कमीले धेरै असर गर्दछ। हामीले जीवन शैलीलाई मुख्य ध्यान दिन सकेमा डाइभर्टिज र थाइराइडबाट टाढा रहन सकिन्छ।

हर्मोनको गडबढी भइरहेको छ भनेर अस्पताल जानु अघि थाहा पाउन सकिन्छ कि सकिँदैन ?
कुन हर्मोनको गडबढीले के डिजीज निकाल्यो भन्नेमा भरपर्छ। थाइराइड हर्मोनको गडबढीबाट हाइपारथाइज्म् वा हाइपोथाइरिज्म् हो। प्राय देखाउने भनेको हाइपोथाइरिज्म् हो। एकदमै थाकान लाग्नु, काम गर्न मन नलाग्नु, दिउँसो निन्द्र लाग्नु, मोटोपन बढ्नु, कब्जियत हुनु, महिनावारी गडबड हुनु, कपाल झर्ने जस्ता लक्षण देख्नु हाइपोथाइरिज्म् हो।
हाइपरथाइरिज्म्मा भने यसको ठिक विपरित हुन्छ। तौल घट्नु, उत्तेजित हुनु, मुटु एकदमै ढुकढुक हुनु, पसिना आउनु, गर्मी सहन नसक्नु जस्ता लक्षण देखा पर्छन्। हामीले छ महिनामा सुगर, थाइराइड जाँच गराउनु पर्छ।

समस्या देखिसकेपछि यसको उपचार कसरी गर्न सकिन्छ ?
यदि हाइपोथाइरिज्म भएको छ भने टेस्ट गरेर प्रमाणित गर्नुपर्छ। त्यसमा हर्मोनको कमी छ भने हर्मोनको सप्लिमेन्ट गर्नुपर्छ। हर्मोनको रोगमा हर्मोन कम छ भने सप्लाई गर्नुपर्छ र धेरै छ भने प्रोडोक्सन कम गर्नुपर्छ। हर्मोन कम पार्ने औषधि पनि दिन सकिन्छ र सर्जरी गरेर पनि उपचार गरिन्छ। त्यसैगरी मधुमेहमा टाइप वन छ भने जिन्दगीभर इन्सुलिन दिनुपर्छ। टाइप टु भने जीवनशैलीमा सुधार ल्याएर कम गर्न सकिन्छ। सेक्स हर्मोनमा गडबडी छ भने थोरै छ भने एडिस्नल हर्मोन दिनुपर्छ। पुरुषमा टेस्टेरोन्टको कमी छ भने टेस्टेरोन्ट इन्जेक्सन आउँछ। तर, यो इन्जेक्सनले पुरुषको प्रजनन् क्षमतामा ह्रास ल्याउछ। यसले फर्टिलिटिको समस्या ल्याउन सक्छ। त्यस्तैगरी प्रजनन् क्षमता भएका महिलामा पोलिस्टक लक्षण आउन सक्छन्। यस्तो अवस्थामा कहिले हर्मोन कम हुने र कहिले बढी हुने समस्या हुन्छ। यस्तै रोगको प्रकृति हेरेर हर्मोनको कमी वा बढीले असर परेको छुट्याएर उपचार गरिन्छ।

के यसको उपचारमा प्रयोग हुने औषधिहरु नेपालमा सहजै पाउन सकिन्छ ?
सबै औषधि सहजै उपलब्ध छैनन्। इन्डोक्राइनोलोजीमा मुख्यरुपमा डाइगनज हुने दुई अवस्था हो। एउटा मधुमेह र अर्को थाइराइड। यसबाहेका थोरै मात्रमा पोलिस स्टीक ओभेरेन्स सिस्टम हो। यो विशुद्ध इन्डोक्रोइनोलोजिस्टले मात्र हेर्ने समस्या नभएर स्त्रीरोग विशेषज्ञाले पनि हेर्दछ। त्यस्तै सेक्स हर्मोन डिफिसेन्सी भएको केही उपचार छ। हड्डी खिइएको अवस्थामा पनि केही उपचार छन्। यस सम्बन्धी विभिन्न टेस्ट गर्ने मेसिन सहज तरिकाले नेपालमा उपलब्ध छैनन्।

यस्तो खालको समस्या आउनै नदिन के कुरामा ध्यान दिनुपर्छ ?
मुख्यरुपमा जीवनशैली सुधार ल्याउनुपर्छ। जंकफुट जस्ता कृतिम तरिकाबाट बनाएका खानेकुराहरु प्रयोग गर्नु भएन। व्यायाम योगालाई निरन्तरता दिनुपर्छ। तनावलाई कम गर्ने र आराम गर्ने। प्रत्येक ६ महिनामा सुगर थाइराइडको जाँच गर्ने। यी कार्यबाट थाइराइड, डाइभर्टिजबाट धेरै मात्रामा जोगिन सकिन्छ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : ५२ बजे

नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड

काठमाडौं– विपद्को पूर्व सूचना प्रणालीमा नेपालको अवस्था राम्रो भए पनि

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई

एमालेबारे कांग्रेसको रणनीति : सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धा

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले उपनिर्वाचन हुन लागेका स्थानीय तहका

कफी खेतीमा युवालाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा

रसुवाबाट दुई केजी सुनसहित एकजना पक्राउ

रसुवा– कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलोग्राम सुनसहित गोसाईकुण्ड गाउँपालिका-३