सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ : प्रचण्ड (भिडियो) « Khabarhub

सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ : प्रचण्ड (भिडियो)


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको दाबी गरेका छन्।

आइतबार काठमाडौँमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने अवस्था तयार भएको दाबी गरेका हुन्।

प्रचण्डले एकताको विभाजनको श्रृखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करिब करिब पूर्व माओवादी भन्नेहरू एक ठाउँमा आउने वातावरण बनेको र त्यसको असर अन्य सङ्गठनमा पनि पर्नु स्वाभाविक रहेको धारणा राखे। उनले परिवर्तन नरुचाउने तत्त्वहरू अहिले पनि यसलाई उल्टाउन सकिन्छ कि भन्ने खेलमा लागेको बताए।

प्रचण्डले कर्मचारीहरूले राखेका विषयहरूलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ०९ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको