चलचित्र विकास बोर्डको अध्यक्षका लागि माग गरियो आवेदन « Khabarhub

चलचित्र विकास बोर्डको अध्यक्षका लागि माग गरियो आवेदन


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत जेठ २३ गते देखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आवेदन मागेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ ।

अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। यस्तै स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा काम गरेको हुनुपर्नेछ।

कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको, कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको मापदण्ड पनि छन् । अहिले बोर्डमा एक अध्यक्ष, एक सदस्य सचिवसहित तीन जना सदस्य हुने प्रावधान छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ११ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ