सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान « Khabarhub

सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताए ।

सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी, मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई सम्मान पत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको हो । यस्तै, सुन्दरबजार नगरपालिका(९ की पूर्णकुमारी अधिकारी र चन्द्री गुरुङलाई पनि समाजले सम्मानित गरेको छ ।

कार्यक्रमको अवसरमा समाजले ७९ वर्षदेखि ९० वर्ष उमेर समूहका २० जना वृद्धवृद्धालाई दोसल्ला ओढाइ लौरो, टर्च लाइट र च्यवनप्रास प्रदान गरिएको छ । समाजमा सुन्दरबजार नगरपालिका(८ र ९ का गरी ७३ जना ज्येष्ठ नागरिक आबद्ध छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ५४ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका