युद्धको अग्रमोर्चा पुगेर जेलेन्स्कीले भने - ‘दक्षिणी भाग कसैलाई दिदैनौँ’ | Khabarhub Khabarhub

युद्धको अग्रमोर्चा पुगेर जेलेन्स्कीले भने – ‘दक्षिणी भाग कसैलाई दिदैनौँ’


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले ‘दक्षिणी भाग कसैलाई नदिने’ बाचा गरेका छन् । युद्धमोर्चाको भ्रमणका क्रममा उनले हाल रुसी फौजको नियन्त्रणमा रहेका मुलुकका दक्षिणी भूभाग पुनः फिर्ता ल्याउन आफूले निर्णायक कदम चाल्ने समेत बताएका छन् ।

‘हामी दक्षिण कसैलाई दिनेछैनौं, हामी हाम्रो सबै चीज फिर्ता गर्नेछौं र युक्रेन र युक्रेनी सुरक्षित रहनेछन्’ दक्षिणी सहर माइकोलाइभको भ्रमणपछि राजधानी किभ फर्कने क्रममा सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गरिएको भिडियोमा जेलेन्स्कीले भनेका छन् । भ्रमणका क्रममा आफूले सेना र प्रहरीसँग कुराकानी गरेको पनि उनले बताएका छन् ।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले चेतावनी दिदै युद्ध लामो समय जान सक्ने भन्दै यसका लागि वर्षौंसम्म तयार रहनुपर्ने टिप्पणी गरेका छन् ।

जर्मन दैनिक पत्रिका बिल्डसँग कुरा गर्दै, स्टोल्टेनबर्गले भने, ‘जति नै मूल्य तिर्नुपरे पनि हामीले युक्रेनलाई हाम्रो समर्थनमा कमजोर हुन दिनु हुँदैन, सैन्य सहयोगको हिसाबले मात्र होइन, ऊर्जा र खाद्यान्नको मूल्य बढेको कारण पनि यो जटिल बन्न पुगेको छ ।’

राजधानी कब्जा गर्न असफल भएपछि रूसी सेनाले हालैका हप्ताहरूमा युक्रेनको पूर्वी र दक्षिणमा आफ्नो आक्रमणलाई तीव्र पार्दै लगेको छन् । रुसी सेनको आक्रमणका कारण युक्रेनको दक्षिण एवम् पूर्वी भागका आवासीय क्षेत्रहरु, सडक पुलजस्ता अत्यावश्यक पूर्वाधार एवम् विद्यालय, अस्पतालजस्ता गैरसैनिक नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ ।

‘मैले आफ्ना प्रियजनहरू गुमाएका मानिसहरूलाई थप प्रणालीगतरूपमा सहयोग गर्ने जिम्मेवारी दिएको छु । हामी पक्कै नष्ट भएका सबै चीजहरू पुनर्स्थापित गर्नेछौं । रुससँग जति क्षेप्यास्त्र छन्, हाम्रा जनतामा त्योभन्दा धेरै बाँच्ने इच्छा धेरै छ ।’ उनले भने ।

युक्रेनको रणनीतिक रुपमा महत्वपूर्ण दक्षिणी बन्दरगाह सहर ओडेसाको बाटोमा रहेको माइकोलाइभ रूसको प्रमुख लक्ष्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ४ : ३५ बजे

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा