भागी विवाह गरेकी युवती बेपत्ता « Khabarhub

भागी विवाह गरेकी युवती बेपत्ता


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सिगास गाउँपालिका-८ की विवाहित युवती बेपत्ता भएकी छन् ।

शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी रमेश बोहराकी १८ वर्षीय श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाइँका लागि हिँडेकी बोहरा दिउँसोदेखि बेपत्ता भएको रमेश बोहराले बताए ।

शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । प्रहरीका अनुसार आफन्तले दिएको निवेदनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।

विवाहित युवतीका माइती पक्षले भने रमेश बोहराले भगाएर लगेको र बोहराकै परिवारले सकुशल खोज्नुपर्ने बताउँदै आएका छन् । ‘दुई महिना पहिले भगाएर लगेको हो, घरपरिवारमा झगडा पनि हुने गर्दथ्यो, उनीहरूले नै खोज्नुपर्छ,’ बेपत्ता सरस्वतीका बाबु बहादुर महराले भने ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : १८ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका