पूर्व राष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने « Khabarhub

पूर्व राष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन कल्याणराज पाण्डेको नाममा प्रत्येक वर्षको भदौमा कल्याण पाण्डे राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप आयोजना हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य र कल्याणराजका छोरा कुशलराज पाण्डेबीच प्रतियोगिता सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार पाण्डेको परिवारले संघलाई ६ लाख दिनेछ । सो रकमबाट वार्षिक रुपमा आउने ७० हजार ब्याजबाट संघले प्रतियोगिता गराउनेछ । यदि संघले दुई वर्षसम्म प्रतियोगिता आयोजना नगरेमा सो रकम पाण्डेको परिवारलाई नै फिर्ता हुने संघका अध्यक्ष वैद्यले जानकारी दिए ।

पहिलो वर्ष ब्याज नआउने भएकाले पाण्डे परिवारले प्रतियोगिता सञ्चालनका लागि ७० हजार रुपैयाँ दिनेछन् । लामो समयदेखि बास्केटबलमा आबद्ध पाण्डेले टेबल टेनिसमा ‘केही गरौँ’ भन्ने उद्देश्यले यो प्रतियोगिता लागि संघसँग सम्झौता गरेको जानकारी दिए ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : २८ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका