उदय भन्छन्, ‘एनटीभी झैँ बोर्डमा अध्यक्ष बनाउनुस्’ « Khabarhub

उदय भन्छन्, ‘एनटीभी झैँ बोर्डमा अध्यक्ष बनाउनुस्’


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत जेठ २३ गते देखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आवेदन मागेको छ ।

दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ । बोर्डले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि दरखास्त दिन आग्रह गरेपछि नेपाल चलचित्र संघका पुर्व अध्यक्ष प्रदीप कुमार उदयले व्यंग्य गर्दै आफ्नो पार्टीसँग सम्बन्धित मान्छेलाई मात्र नियुक्ति दिइने बुँदा छुटेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले आवेदन माग गर्नु र सूचना निकाल्नु नाटक मञ्चन भएको बताउँदै नेपाल टेलिभिजन झैँ सिधै मन्त्रीपरिषद् मार्फत नियुक्ति गर्न सुझाएका छन् । ‘आवेदन माग गरिन्छ । यद्यपि नियुक्ति आफ्नो पार्टीको लाई मात्र दिइन्छ । अहिले पनि त्यही हुन्छ । एक आपसमा विरुद्धको भावना निम्त्याउनुको सट्टा नेपाल टेलिभिजनमा अध्यक्ष नियुक्त गर्ने प्रक्रियामै नियुक्त गर्नुस्’ उदयले लेखेका छन् ।

चलचित्र विकास बोर्डमा निवर्तमान अध्यक्ष दाहालको पद सकिन केही महिना यता नै फिल्मकर्मी अध्यक्ष बन्ने दौडमा छन् । राजकुमार राई , मनिष पण्डित , सम्झना उप्रेती रौनियार , भुवन केसी , नरेश पौडेल , नारायण पुरी लगायत बोर्ड अध्यक्ष बन्ने दौडमा छन् । अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधानमा जनाइएको छ।

यस्तै स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा काम गरेको हुनुपर्नेछ। कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको, कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको मापदण्ड पनि छन् । अहिले बोर्डमा एक अध्यक्ष, एक सदस्य सचिवसहित तीन जना सदस्य हुने प्रावधान छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ४५ बजे

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ– तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको