चीनको जनसंख्या संकट अनुमान गरिएभन्दा खराब « Khabarhub

चीनको जनसंख्या संकट अनुमान गरिएभन्दा खराब


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको जनसंख्या संकट अनुमान गरिएभन्दा खराब रहेको पाइएको छ । चीनमा जन्मदर र मृत्युदरबीचको अन्तर अन्यन्त न्यून रहेकाले यसअघिको अनुमानभन्दा चीनमा जनसंख्याको संकट पहिले अनुमान गरिएभन्दा खराब रहेको पाइएको जापानबाट प्रकाशित हुने निक्के एसियाले जनाएको छ ।

तथ्यांकअनुसार सन् २०२१ मा चीनका १० प्रान्तीय स्तरका क्षेत्रहरुको जनसंख्या घटेको पाइएको छ । चीनमा जन्मदर शून्य दशमलब ७५२ प्रतिशत एवम् मृत्युदर शून्य दशमलब ७१८ प्रतिशत रहेको छ ।

यसअनुसार चीनको प्राकृतिक वृद्धिदर केबल शून्य दशमलब ०३४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा चीनको प्राकृतिक वृद्धिदर शून्य दशमलब १४५ प्रतिशत रहेको निक्के एसियाले उल्लेख गरेको छ ।

सन २०२१ को अन्त्यसम्म चीनको जनसंख्या १ अर्ब ४१ करोड रहेको जनाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार अघिल्लो वर्षको तुलनामा यो संख्या केबल ४ लाख ८० हजारले धेरै हो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : १० बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने