दीलिपको सल्लाह मान्दै गोविन्दाले २५ फिल्म अस्वीकार गरे « Khabarhub

दीलिपको सल्लाह मान्दै गोविन्दाले २५ फिल्म अस्वीकार गरे


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् १९८०/९० को दशकका स्टार तथा सुपरस्टारको कुरा गर्ने हो भने अभिनेता गोविन्दाको नाम छुट्दैन । उनी नम्बर एक नै थिए ।

उनको त्यो क्रेज अहिले छैन । तर बलिउडमा नम्बर एक हुन गोविन्दाको मेहनत र संघर्ष उत्तिकै प्रेरणादायी छ । गोविन्दाको जन्मअघि उनको पिता आर्थिक संकटको सिकार भएका थिए ।

उनले निर्माण गरेको फिल्म असफल भएपछि ऋणदाताले उनलाई घरबाट निकालिदियो । त्यसपछि उनी सडकमा आए । सडकमा आए पनि उनको जिन्दगी जसो तसो चलिरहेको थियो ।

गोविन्दाको बाल्यकाल पनि अभाव र संकटमै बित्यो । जब एकदिन उनले आमा र परिवारको पारिवारिक अवस्था थाहा पाए, त्यसपछि उनी काम गर्न थाले ।

१३, १४ वर्षको उमेरमा गोविन्दाको अनुहारमा दाह्री जुँगा देखिन थालेपछि उनले आफूलाई वयस्क भएको महसुस गर्दै काम खोज्न थाले । उनी त्यो बेला दैनिक रूपमा राजश्री प्रोडक्सनमा पुगेर काम माग्थे ।

उनले १३ वर्षको उमेरमै एक किसिमको सफलता पाए । किनकि उनलाई एकसाथ ७५ फिल्मको अफर आएको थियो । उनले सबै फिल्ममा कामका लागि सम्झौता गरे ।

आर्थिक संकटबाट गुज्रिरहेका गोविन्दाले कुनै पनि प्रस्तावलाई अस्वीकार गरेनन् । तर यी फिल्ममा सम्झौता गर्दा भने उनको स्वास्थ्य अवस्था बिग्रियो ।

यति धेरै फिल्ममा अनुबन्धित भएपछि गोविन्दाले डबल सिफ्टमा काम गर्न थाले र त्यसको थकानले उनी बिरामी भए । त्यही बेला उनलाई दिलीप कुमारले सम्झाए र उनले २५ फिल्मलाई अस्वीकार गर्न गोविन्दालाई सुझाव दिए ।

लगत्तै गोविन्दाले दिलीपको प्रस्तावलाई मान्दै २५ फिल्म अस्वीकार गरे ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : २० बजे

मलेसिया उड्न लागेका एनएसीका कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रासहित समातिए, २६ पटक गइसकेका थिए विदेश

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता