बागमती प्रदेशबाट सबैभन्दा कम बजेट रसुवालाई « Khabarhub

बागमती प्रदेशबाट सबैभन्दा कम बजेट रसुवालाई


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेशले प्रदेशका १३ जिल्लामध्ये रसुवालाई सबैभन्दा कम बजेट छुटाएको छ । प्रदेशले जिल्लाका लागि ५३ करोड ९६ लाख १० हजार रुपैयाँ मात्र विनियोजन गरेको हो । जसमा चालुतर्फ २० करोड ६० लाख ५३ हजार र पुँजीगततर्फ ६ करोड ३७ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

समानीकरण अनुदानतर्फ ३ करोड ७७ लाख ८९ हजार, सशर्त अनुदानतर्फ १२ करोड २५ लाख ६४ हजार, विशेष अनुदानतर्फ ४ करोड ५७ लाख र समपूरक अनुदानमा ६ करोड ३७ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको हो ।

आउँदो आर्थिक वर्षका लागि जिल्लामा पहिरो रोकथाम र सिँचाइ सम्बन्धी कार्यक्रमले प्राथमिकता पाएको छ। प्रदेशले आउँदो आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : ३४ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी