‘जनसङ्ख्याको आधारमा खानेपानी आयोजना प्रदेश र स्थानीय तहको जिम्मा लगाउँदा समस्या’ | Khabarhub Khabarhub

‘जनसङ्ख्याको आधारमा खानेपानी आयोजना प्रदेश र स्थानीय तहको जिम्मा लगाउँदा समस्या’

पाँच वर्षसम्म कुनै प्रदेश र पालिकाले खानेपानीमा भएको खर्च देखाएनन्


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जनसङ्ख्याको आधारमा ठूला आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने क्षेत्राधिकार तोकिएका कारण विगत ५ वर्षदेखि ग्रामीण दूर दराजका नागरिक स्वच्छ पिउने पानीबाट वञ्चित भएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।

संघीय संसद्को विकास तथा प्रविधि समितिका सांसद र खानेपानी मन्त्रालय तथा मन्त्रालय मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी दुई दिने गोष्ठीमा प्रतिनिधि सभाका सांसदहरूले यस्तो गुनासो गरेका हुन्।

‘सम्पूर्ण नागरिकलाई स्वच्छ खानेपानीको उपलब्धता एवम् सर सफाइको सुनिश्चितता’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले समेत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै समस्याको समाधानका लागि आफूले पहल गर्ने बताए ।

‘संघीय सरकारले समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा प्रदेश र स्थानीय तहलाई बजेट दिँदै आएकोमा जनसङ्ख्याको आधार देखाउँदै खानेपानी मन्त्रालयको योजनाहरू प्रदेश र स्थानीय तहलाई कार्यान्वयनको लागि भन्दै पुनः बजेट जाँदा खानेपानीका थुप्रै आयोजना अलपत्र परेका छन्’, मन्त्री चौधरीले भने।

मन्त्री चौधरीले मदेसमा १५ हजार, पहाडमा ५ हजार र हिमाली जिल्लामा १ हजार जनसङ्ख्याभन्दा बढीलाई सेवा पुग्ने आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने प्रावधानका कारण विपन्न र दलित समुदायलक्षित आयोजनाहरू निर्माण हुन नसकेको स्विकारे ।

मन्त्री चौधरीले भने, ‘खानेपानी मन्त्रालयले जनसङ्ख्याको मापदण्डमा नपरेका आयोजना कार्यान्वयनको लागि प्रादेश र स्थानीय तहलाई बजेट दिए पनि त्यसको कहाँ खर्च भयो र कति प्रगति भयो भन्ने विवरण पाँच वर्षसम्म कुनै पनि प्रदेश र स्थानीय तहले उपलब्ध गराएको छैन ।’

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले जनसङ्ख्याको मापदण्ड नपुगेको भन्दै मन्त्रालयले पुराना र अधुरा आयोजनाबाट हात झिक्दै जाने प्रवृत्तिले खानेपानीको सुविधा नागरिकले पाउन नसकेको, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कुनै एउटै आयोजनामा बजेट छुटाएको र कतै  तीनै तहको सरकारले योजनामा नपारेको गुनासो गरे = ।

सांसद गणेश पहाडीले पहाडी जिल्लाको ५ हजारभन्दा बढी जनसङ्ख्याले सुविधा पाउने खानेपानी आयोजना मात्र संघीय सरकारले निर्माण गर्ने हो भने सिन्धुली जिल्लामा एउटा पनि योजना पर्न नसक्ने तर्क गरे। उनले जनसङ्ख्यालाई आधार मानेर योजना छनोट गर्ने प्रावधानको अन्त्य गर्न सुझाव दिए ।

सांसद संजय गौतमले खुल्ला दिशामुक्त जिल्ला र क्षेत्र घोषणा गर्ने कार्य अव्यवहारिक र कागजी प्रक्रिया पुरा गरेर मात्र भएको भन्दै कार्यान्वयन नहुने त्यस्ता कार्यक्रम कर्मचारीले डलर भत्ता पचाउने उद्देश्यले मात्र राख्ने गरेको आरोप लगाए ।

सांसद यज्ञ सुनुवारले स्थलगत अध्ययन र समस्या पहिचान नगरी ल्याइएको खानेपानी आयोजनाले गर्दा स्वच्छ खानेपानीको सुविधा नागरिकले नपाउने भन्दै २० वर्षदेखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार कार्य सन्तोषजनक भए पनि पानी वितरणको परीक्षण नगर्दा खानेपानीको समस्या जटिल भएको गुनासो गरे।

गोष्ठीमा सहभागी सबैजसो सांसदहरूले जनसङ्ख्यालाई आधार मानेर संघीय सरकारले खानेपानी आयोजनाबाट हात झिक्दै गएर खानेपानीको विस्तार गर्न नसक्ने बताए ।

गोष्ठीमा बोल्दै सांसदहरूले जनश्रमदानको व्यवस्थाका कारण खानेपानी आयोजना निर्माणले पूर्णता नपाएको र अधुरा आयोजनाहरू अलपत्र परेको भन्दै अनिवार्य जनश्रमदानको प्रावधान खारेज गर्ने विषयमा मन्त्रिपरिषद्मा अध्ययन भइरहेको बताए ।

खानेपानी मन्त्रालयका सचिव मणीराम गेलालले मन्त्रालयसँग सम्बन्धित व्यवहारिक र नीतिगत समस्या समाधानको लागि मन्त्रालय सधैँ तयार रहेको भन्दै अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्याका कारण पनि खानेपानी सेवा विस्तारमा चुनौती थपिएको स्पष्ट पारे ।

गोष्ठीमा खानेपानी मन्त्रालयका सहसचिवद्वय तिरेशप्रसाद खत्री, मिना श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणा, खानेपानी तथा ढल व्यवस्थापन विभागका कार्यवाहक महानिर्देशक कमल श्रेष्ठ, केयुकेएलका कार्यकारी अधिकृत मिलन शाक्य, खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटा, मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले खानेपानीको अवस्था, समस्या र समाधानको लागि कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : ४७ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट