जिल्ला समन्वय समिति म्याग्दीमा एमाले विजयी « Khabarhub

जिल्ला समन्वय समिति म्याग्दीमा एमाले विजयी


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित भएका छन् । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी भएका हुन् ।

उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए । अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका थिए ।

सदस्यमा कृष्णदत्त पौडेल पाध्या, श्रीप्रसाद गर्बुजा, देब गर्बुजा पुन, कविता विक, गौमती चपाई, धनकुमारी सुनार र जानकी विश्वकर्मा निर्विरोध भएका थिए ।

जिसस प्रमुखमा निर्वाचित थापा एमाले जिल्ला कमिटि उपसचिव हुन् । जिससमा एमालेका सात, कांग्रेसका तीन र माओवादी केन्द्रका दुईसहित १२ मतदाता थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : ३१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक