डुम्रे–बेँसीशहर सडक १२ घण्टापछि सञ्चालनमा « Khabarhub

डुम्रे–बेँसीशहर सडक १२ घण्टापछि सञ्चालनमा


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँ भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि अवरुद्ध बनेको डुम्रे–बेशीसहर सडक खण्ड झण्डै १२ घण्टापछि सञ्चालनमा आएको छ ।

अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्ध भएको उक्त सडकखण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । खोलामा दुई ह्युमपाइप राखेपछि सडक पुनः खुलेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

यसैबीच, पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर–५ याम्पामा पहिरा खस्दा सडक अवरुद्व भएको राजमार्ग पुनः सञ्चालनमा आएको छ । पहिरो खस्दा करिब दुई घण्टा उक्त सडक अवरुद्ध भएको थियो ।

पहिरा पन्छाएर सवारीसाधान आवतजावतको व्यवस्था मिलाइए पनि बेलाबेलामा पहिरो खस्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक विष्टले जानकारी दिए । उक्त सडकखण्डमा समय समयमा पहिरा खसिरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : ३१ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको