टाउको दुख्ने समस्या र बच्ने उपाय | Khabarhub Khabarhub

टाउको दुख्ने समस्या र बच्ने उपाय



टाउको दुख्ने समस्या कहिल्यै नभोगेका नेपाली कम नै होलान्। तपाईंलाई पनि कुनै न कुनै समयमा टाउको दुख्ने समस्याले सताएको हुनसक्छ। स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षणले पनि १५ दशमलव २ प्रतिशत व्यक्तिमा टाउको दुखाइको समस्याका कारण काम नै गर्न नसक्ने अवस्थाामा पुगेको देखाएको छ।

पछिल्लो समय टाउको दुख्यो भन्ने शब्द प्राय सबैको मुखमा झुण्डिएको पाइन्छ। टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुनसक्छ। यो टाउकाको एकापट्टी वा दुवै साइडमा तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ। टाउको दुख्नु आफैंमा रोग होइन, शारीरिक समस्या वा रोगको कारण पनि हुन सक्ने चिकित्सकले बताएका छन्।

दुखेर न्यूरो सर्जनलाई भेट्नु पर्ने अवस्था
न्यूरो सर्जन भन्नासाथ हामीले टाउकाको अपरेसन गर्ने डाक्टर भन्ने बुझ्छौँ। टाउकोमा अप्रेसन गर्नुपर्ने अवस्था नै आयो भने चाहिँ भेट्नु पर्ने हुन्छ। न्यूरो सर्जिकल रोगहरु जुन प्राणघातक पनि हुन सक्छन्। त्यस्तो बेला न्यूरो सर्जनलाई भेट्न सक्छौँ।

प्राणघातक अवस्थामा टाउको कसरी दुख्छ ?
टाउकोबाट रगत बग्दा त्यो प्राणघातक हुन्छ। जस्तो, चोट पटक लाग्दा टाउकोमा रगत बग्छ। उक्त रक्तचाप भएको बिरामीलाई प्रेसर राम्रो कन्ट्रोल नहुँदा अचानक नै टाउको भित्रको रगत नलीहरु फुटेर रगत बग्न सक्छ।

यसलाई इमोरेजिडिस्ट्रोप भनिन्छ। यस्तै अरु पनि लक्षण हुन्छन्, जस्तो प्यारालाइसिस्, बोल्न नसक्ने, कहिलेकाँही अचेत भएर काम्ने हुन्छ, यी सबै पहिला टाउको दुखाईबाट नै हुन्छ।

एन्युरिजमस् टाउकामा जाने नलीहरु चार वटा हुन्छन्। त्यसबाट हागाहरु निस्किदै जान्छन् र यो हागा निस्किने ठाउमा रक्तनलीको भित्ता कसैको बलियो हुँदैन। त्यसैले रगतको वेग यसले थाम्न सक्दैन। कहिलेकाही बेलुन फुलेको जस्तो फुल्दै आउँछन्। अनि फुट्छन्।

फुटेपछि टाउकोमा रगत बग्छ। यस्तो अवस्थामा १०० जनामा १० देखि २० जनाकोे हस्पिटल नै नपुगी बाटोमै प्राण जान्छ। यसको सुरुको लक्षण भनेको जिन्दगीमा कहिल्यै नदुखेको एक्कासी टाउको दुख्छ।

धेरै दुखाई भएर बेहोस हुने अवस्था
बेहोस हुनु भनेको चेनता नहुनु हो। चेतनाको काम दिमाखबाट नै हुन्छ। ब्रेनमा एउटा ठाउँ हुन्छ, जसलाई ब्रेन्सटिम भनिन्छ। यसले होसमा राख्ने काम गर्दछ। यसमा तरङगको प्रवाह हुन्छ, त्यो टुट्यो भने त्यस्तो बेला होस जान्छ।

अचानक टाउकोमा कसैले हान्यो भने गिदी हल्लिन्छ। त्यस्तो बेला अध्यारो देख्ने हुन्छ, त्यस बेला ब्रेन्सटिममा रक्तप्रवाह अचानक बन्द भयो भने टुट्छ।

कस्तो व्यक्तिमा धेरै समस्या
टाउको दुख्ने कारणहरु सर्जिकल र नन–सर्जिकल गरी दुई प्रकारका हुन्छन्। आँखाको कारणले टाउको दुख्छ, पिनासले गर्दा टाउको दुख्छ, जोर्नीको दुखाईबाट पनि टाउको दुख्छ, यी नन–सर्जिकल हुन्।

सर्जिकलमा टाउको भित्र ट्युमर साधारण भयो भने काटेर फाल्नु पर्दछ। ट्युमर गिदीमा भएपछि टाउकामा जाने रगत नलिहरु र स्नायूहरु तन्किन थाल्दा टाउको धेरै दुख्छ।

टाउकोमा भएको ट्युमर काटेर फाल्दा जोखिम
टाउकोमा गर्ने अप्रेसन साधारणदेखि लिएर जटिल खालका हुन्छन्। जुनसुकै अप्रेसन गर्दा पनि १० देखि १५ प्रतिशत रिक्स हुन्छ। त्यसैले यो अप्रेसनमा पनि रिक्स हुन्छ।

अप्रेसन गर्दा छाला चिरेपछि हड्डीमा पुग्छौँ। त्यसलाई काटेपछि गिदीलाई छोप्ने कवज हुन्छ त्यसलाई पनि चिर्न पर्दछ र ट्युमर कहाँ छ त्यसलाई काट्ने क्रममा हरेक ठाउमा रक्तनलीहरु हुन्छन्, तिनमा चोट लाग्दा रगत बग्न सक्छ। तिनमा कन्ट्रोल भएन भने अप्रेसन पश्चात पनि रगत बग्न सक्छ।

चिरे पछि त्यस ठाउमा ब्याक्टेरिया प्रवेश गर्न सक्ने सम्भावना हुन्छ , त्यसबाट घाउ पाक्ने र अन्य समस्या आउन सक्छन्। गिदीको अप्रेसन गर्दा त्यो ठाउँ अलिअलि ड्यामेज हुन्छ। त्यसो हुँदा कहिलेकाँही छारे रोग जस्तो पनि पार्दिन सक्छ। यी साधारण जोखिम भए।

अरु, कत्तिको ब्रेन ड्यामेज भइसकेको छ। त्यो अनुसार प्यारालाइसिसदेखि लिएर बेहोस हुने हुन्छन्। यो सबै जनामा हुँदैन १० देखि १५ जनामा मात्र हुन्छ।

एकपटक ट्युमर काटेर फालेपछि
ट्युमर भनेको तन्तुहरुको कोसिका बाड्ने सेल हो, एउटा सेलबाट अर्को बन्ने प्रक्रिया हो। यो ठाउँ ठाउँमा भइरहेको हुन्छ, यसरी शरीरमा अनियन्त्रित रुपले धेरै नै सेल विभाजन हुन थाल्यो भने यसले एक प्रकारको ट्युमर जस्तो बनाउँछ।

यसलाई कन्ट्रोल गर्ने मेकानिजम हुन्छन्। ट्युमर जिनहरुबाट कन्ट्रोल हुन्छ। त्यो मेकानिज्म नै फेल खायो भने अनियन्त्रित रुपले सेल विभाजन हुँदा ट्युमरको डल्लो हुन्छ।

यो दुई प्रकारको हुन्छ, एउटा काटेर फालेपछि फर्किदैन। शरिरको अन्य ठाउँमा पनि सर्दैन यसलाई साधारण ट्युमर भनिन्छ। अर्को काटेर फालेपछि पनि छेउबाट पलाउने वा शरीरको अन्य ठाउँमा सर्ने हुन्छ। त्यसलाई मालिग्नेन्ट भनिन्छ। यो भनेको क्यान्सर हो।

ध्यान दिने कुरा
पहिला रोगको पहिचान गर्ने, त्यसको लागि साधारण परीक्षणले हुँदैन धेरै परीक्षण गर्नु पर्दछ। तर, अप्रेसन पश्चात पहिलाको जस्तो हुनुपर्दछ। बाच्नै पर्दछ भन्ने मान्यता छ। तर, टाउकाको सवालमा कहिलेकाही यी कुराहरु लागू हुँदैनन्।

धेरै समस्या हुने उमेर समूह
भर्खरै जन्मेका व्यक्तिदेखि लिएर सबै उमेर समूहका मासिको हेर्नु पर्दछ। आमाको पेटमा हुँदादेखि अप्रेशन गरेर निको पार्ने तरिका छन्।

धेरै उमेर भएपछि टाउकोमा ब्लिडिङदेखि लिएर पानी जम्नेसम्म समस्या हेर्नु पर्दछ। सबै उमेरमा यो समस्या हुन्छ।

टाउकोमा यो समस्या नदेखियोस भन्नका लागि वंशाणुगत रुपबाट पनि हुनसक्छ, कन्ट्रोल गरेर गर्न सकिँदैन भन्ने त हुँदैन। तर, वातावरणीय प्रभावबाट हुने जस्तो, रेडियसनले ट्युमरहुन सक्छ। टाउकोमा आउने समस्या यसको जीवन यापनसँग पनि हुन सक्छ।

जति आधुनिकतातर्फ लाइफ स्टाइल परिर्वतन हुँदै जान्छ, त्यति नै प्रेसर मधुमेह र शरीरमा बोसोका मात्रा बढ्दै जान्छ। त्यसबाट पनि समस्या हुन्छ र रगत नली सानो बनाउँछ। त्यसैले यी कुरा कन्ट्रोल गर्नुपर्छ। शरीरमा भएको मोटोपना नियन्त्रण गर्न सकियो भने धेरै समस्याबाट बच्न सकिन्छ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ७ : ०२ बजे

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन