जोनको ‘तेहरान’ मा मानुषी  « Khabarhub

जोनको ‘तेहरान’ मा मानुषी 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व मिस वर्ल्ड मानुषी छिल्लरले जोन अब्राहमको को-स्टार बन्ने सहमति दिएकी छिन्। उनी जोनसँग फिल्म ‘तेहरान’ मा देखिने भएकी छिन् । निर्माण टिमले आधिकारिक रुपमा उनलाई सेटमा स्वागत गरेको छ । अक्षय कुमारसँग सम्राट पृथ्वीराज मार्फत बलिउडमा डेब्यु गरेकी मानुषी दोस्रो फिल्मको छायांकनमा जुटेकी हुन् ।

उनले डेब्यु फिल्ममा सफलता भने पाउन सकिनन् । यसैले गर्दा पनि उनले अहिले फटाफट फिल्ममा अभिनय गर्ने रणनीति लिएकी हुन् । अरुण गोपालनको निर्देशनमा तयार भइरहेको फिल्ममा जोनले एक्सन पनि गर्नेछिन् । उनले दोस्रो फिल्ममा फाइटका केही स्टन्ड आफैँले समेत गर्दै छिन् ।

अक्षयसँग बलिउडमा पाइला टेक्दा नचम्किएको मानुषीको करिअरलाई जोनले कहाँ लैजान्छन् ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : १६ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन