काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन फिल्महरूले बलिउडलाई समेत आफ्नो दर्शक बनाइसकेको छ। साउथको फिल्मलाई बलिउडमा रिमेक गर्ने मेकर्सहरुले सेमडेट रिलिज हुने फिल्मको कारण रिमेक गर्न सकेका छैनन् । यस्तै, साउथ इन्डियन अभिनेताहरूको बलिउडमा बढ्दो क्रेजलाई मध्यनजर गर्दै हिन्दी फिल्मको अफरहरू समेत गरिरहेका छन् ।
केही समय अगाडि महेश बाबुलाई हिन्दी फिल्ममा काम गर्ने विषयमा प्रश्न गरिएको थियो । जवाफमा उनले बलिउडले आफूलाई अफोर्ड गर्न नसक्ने बताएका थिए । पुष्पामार्फत नर्थ इन्डियामा पनि बलियो फ्यान फ्लोअर्स बनाएका अल्लु अर्जुनले हिन्दी फिल्म आफ्नो कम्फर्ट जोन भन्दा बाहिर रहेको बताए । ‘मैले हिन्दीमा असहजता महसुस गर्ने छु । यद्यपि त्यहाँका दर्शकमार्फत पाएको मायाको कारण फिल्म गर्नेछु’ उनले भने ।
मुम्बईमा अपार्टमेन्ट खरिद गरेका अल्लु अर्जुनलाई हिन्दी फिल्मको प्रस्ताव पनि भइरहेका छन् । यद्यपि उनले सहमति दिएका छैनन् । उनको आगामी फिल्म ‘पुष्पा : द रूल’ अगाडि अन्य फिल्म गर्ने सम्भावना न्यून छ । उनी पुष्पाको सिक्वेलको छायांकनको तयारीमा छन् ।
प्रतिक्रिया