सिभिल सहकारी ठगी प्रकरण: पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ | Khabarhub Khabarhub

सिभिल सहकारी ठगी प्रकरण: पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सोल्टीमोडमा रहेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आज मंगलवार सहकारीकी लेखा समिति सदस्य सिर्जना शाक्य (तामाङ) लाई पुतलीसडकबाट पक्राउ गरेको हो ।

लेखा समिति सदस्य रहेकी उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २७ पुस २०७८ मा पक्राउ पूर्जी जारी भएको थियो । उनी फरार थिइन् ।

सहकारीले आकर्षक ब्याजदरको प्रलोभन देखाएर वचतकर्ताहरुले जम्मा गरेको ५ अर्ब चौरासी करोड ४० लाख एक्काइस हजार सात सय तेह्र रुपैयाँ दश पैसा ठगी गरेको पाइएपछि संस्थापक इच्छाराज तामाङलाई यसअघि नै पक्राउ गरेको थियो ।

सहकारीबाट पीडित १५३० जनाले ब्यूरोमा दिएको जाहेरीका आधारमा १७ मंसिर २०७८ मा संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी ब्यूरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तामाङ र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि कारागारमा थुनामा छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : ३२ बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुक आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी