‘गर्भवतीले पहिलो तीन महिना फोलिक एसिड सेवन गर्नुपर्छ’ « Khabarhub

‘गर्भवतीले पहिलो तीन महिना फोलिक एसिड सेवन गर्नुपर्छ’

'परिवारले छोरीलाई गर्भमा हुँदादेखि नै विशेष ध्यान दिनुपर्छ'



आजभोलि धेरै खानेकुरालाई अतिरिक्त पोषण तत्त्व थप गरेको पाइन्छ । फोर्टिफाइड गरिएको खानामा फोलिक एसिडको मात्रा धेरै हुने गरेको छ । यसले शरीरलाई रक्त अल्पता हुनबाट जोगाउन मात्र नभई शरीरमा भिटामिन लगायतका पोषण तत्त्वको पनि सजिलै आपूर्ति गर्न सक्ने चिकित्स बताउँछन् । यसले गर्भमा रहेको शिशुमा हुनसक्ने विकारलाई कम गर्न समेत सहयोग गर्ने हुँदा  चिकित्सकले गर्भवतीलाई फोलिक एसिड सेवन गर्ने सल्लाह दिन्छन् । यसै विषयमा महिला तथा प्रजनन रोग विशेषज्ञ डा. चन्दा कार्कीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीः

फोलिक एसिड र आइरन चक्कीको सेवन गर्दा गर्भवतीलाई कस्तो फाइदा पुग्छ ?

नेपालमा लगभग ६५ प्रतिशत महिलामा रक्तअल्पता भएको पाइएको छ । आइरनले  आइरन डिफिसेन्सी एनिमियाको रगत बढाउँछ । फोलिक एसिडले मेगालोब्लास्टिक एनिमियालाई कन्ट्रोल गर्दछ र आइरन चक्की प्रजनन क्षमता भएका जुनसुकै महिलाले खानका लागि सल्लाह दिइन्छ ।

फोलिक एसिड भिटामिन हो ।  जुन हामी सबैलाई चाहिन्छ । यो स्वभाविक रूपमा केही फलहरू, तरकारीहरू, नटहरू, र सुदृढ अन्नहरूमा पाइन्छ । यसको कार्य नयाँ, स्वस्थ रातो रक्त कोशिका उत्पादन, जुन शरीरका सबै भागमा अक्सिजन प्रदान गर्न जिम्मेवार हुन्छ ।

फोलिक एसिड पहिला गर्भवतीले मात्र खाने भन्ने थियो तर पछिल्लो समय सरकारले नै १० वर्षभन्दा माथिका किशोरीलाई पनि दिन थालेको छ, यसलाई कसरी बुझ्ने ?

फोलिक एसिड भनेको साधारण धेरै पैसा नपर्ने, खान पनि सजिलो हुने बाँझोपन भएको महिलामा पनि यसले सहयोग गर्दछ । दिमागको विकास नभएको अवस्थामामा त्यसको रोकथाममा यसकोठूलो योगदान पुर्याउँछ । त्यसैले सबै महिलाहरूले सेवन गर्नु उत्तम हुन्छ । यसका अन्य फाइदा पनि छन् ।

किशोरी र आमा बन्दै गरेकाले कति कति मात्र खाने त ?

गर्भवती हुनुभन्दा अगाडिबाट खानु एकदमै राम्रो हो । किशोर किशोरीमा सबैका लागि राम्रो हुन्छ । गर्भवतीलाई हामीले पहिलो तीन महिना फोलिक एसिडको मात्र सेवन गराउँछौँ । त्यो महिलालाई अरू समस्या भयो भने अरू औषधि पनि चलाउँछौँ । परिवार नियोजनको साधन सबैलाई दिन सकेको छैनौँ र त्यसका लागि यो आमा र बच्चालाई राम्रो होस् भनेर फोलिक एसिड र आइरन चक्की दिने हो ।

जति खाँदा पनि फाइदा गर्ने हो कि चाहिनेभन्दा धेरै खाँदा असर पनि गर्छ ?

हामीले ५ मिलिग्रामको दिनमा एक चक्की खान सल्लाह दिन्छौँ । यो दश वर्षसम्म खाँदा पनि हुन्छ । यसको सेवनका लागि एकपटक सोचेपछि अर्कोपटक सोच्नु पर्दैन ।

यसले गर्भवती हुनुभन्दा अगाडि खाँदा र भएपछि खाँदा कसरी काम गर्छ ?

पहिला नै खाँदा राम्रो हुन्छ । थाहा पाउनेहरूले खान्छन् । तर, थाहा नपाउनेले अस्पतालमा गएपछि डाक्टरले सल्लाहपछि सेवन गर्छन् । खाने तरिका एउटै हो । तर, जति पनि योजनामा हुनुहुन्छ, उहाँहरुले तीन महिना अगाडि देखि नै खानु उपयुक्त हुन्छ ।

कतिपयले आउँदै गरेको शिशुका लागि काम गर्दछ भनेर खानुहुन्छ र कसैले गर्भ नबस्ने र खेर जाने समस्या भएकाले खाने भन्नुहुन्छ, यसले कसरी काम गर्दछ ?

यो एउटा भिटामिन हो र यसले शिशुको दिमाग विकासमा मद्दत गर्दछ । जन्मिने शिशुमा कुनै पनि समस्या नआओस् भनेर नै फेलिक एसिड खानुपर्ने हो । शिशुको दिमाग विकासमा यसको ठूलो भूमिका हुने विभिन्न अध्ययनले पुष्टि गरेको छ । हाम्रो रक्तअल्पताको उपचारमा पनि यसले योगदान गर्दछ । फोलिक एसिडले बच्चामा पनि कुनै समस्या आउन दिँदैन ।

अरू खानाबाट पनि यो पाउन सकिन्छ ?

हरियो साग सब्जी, दूध, दही तथा अन्डाबाट पनि यो भिटामिन पाइन्छ । सीमित मात्रामा खाने गर्दा राम्रो हुन्छ ।

गर्भवती महिलाले आफ्नो बच्चा राम्रो होस् भनेर के के खाने त ?

पोषण भएको खाना खानुपर्छ । ब्यालेन्स डाइट खाना, माछामासु दूध दही, सिजन अनुसारको फलफूल, सागसब्जी खाने गर्नुपर्छ । साथै प्रयाप्त मात्रामा सुत्ने गर्नुपर्छ र मोटोपन घटाउनुपर्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सबै परिवारले छोरीलाई गर्भमा हुँदादेखि नै विशेष ध्यान दिनुपर्छ । उसको न्युट्रेसनको विचार गर्नु पर्दछ । सबैले गर्भवती महिलालाई सर्पोट गर्नुपर्छ र महिला पनि आफ्नो खुट्टामा उभिने र आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिने गर्नुपर्छ । घरपरिवारले पनि महिलाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । प्रस्तुति: पुष्पाञ्जली बस्नेत

 

 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : ५३ बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका– ५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे

काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी