माइक्रोको ठक्करबाट निवर्तमान गाउँपालिका अध्यक्ष गम्भीर घाइते « Khabarhub

माइक्रोको ठक्करबाट निवर्तमान गाउँपालिका अध्यक्ष गम्भीर घाइते


३ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य शंखरबहादुर राई सडक दुर्घटनामा गम्भीर घाइते भएका छन्।

बिहीबार दिउँसो इटहरीबाट बाइक चढेर विराटनगर जानेक्रममा हलगडाचोकमा पछाडिबाट आएको होटलको माइक्रो भ्यानले ठक्कर दिँदा निवर्तमान गाउँपालिका अध्यक्ष राई गम्भीर घाइते भएका हुन्। बाइकको पछाडि बसेको अवस्थामा माइक्रोको ठक्करबाट उछिट्टिएका राईको टाउकोको देब्रे साइडमा भित्री चोट लागेको एमाले जन्तेढुंगा गाउँपालिका अध्यक्ष याम राईले बताए।

घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। बिहीबार राति टाउकाको शल्यक्रिया गरिएका उनलाई अहिले भेन्टीलेटरमा राखिएको छ। मोटरसाइकल चलाइरहेका युवा संघ जन्तेढुंगा अध्यक्ष चासुम राई पनि घाइते भएका छन्। चासुम भने खतरामुक्त छन्।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  १० : ०० बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७