कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु  « Khabarhub

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु 


३ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौँका ३२ वर्षीय सरोज माझी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो ।

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  १० : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको