'व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य स्थल बनाउनुपर्छ' | Khabarhub Khabarhub

‘व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य स्थल बनाउनुपर्छ’


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य स्थल बनाउनुपर्नेमा जोड दिएका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा आज आयोजित  वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक महत्त्व बोकेको व्यास र पराशर क्षेत्रको एकीकृत विकास गर्नुपर्छ भने।

व्यास पराशर क्षेत्रलाई विश्वभरका हिन्दू धर्मावलम्बीको आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । “विश्वभरका धार्मिक पर्यटकलाई व्यास र पराशर क्षेत्र आउने वातावरण बनाउनेतर्फ लाग्नुपर्छ”, उनले भने । वरिष्ठ नेता पौडेलले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्य स्थल बनाउन आफूले पहल गरिरहेको बताए । त्यस्तै मानुङकोट, छाब्दीबाराही, तनहुँ कालिकालगायतलाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गरी समग्र तनहुँको विकास अभियान सञ्चालन गर्नेतर्फ ध्यान दिइने उनले बताए।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वृक्षारोपण गरेका थिए।

सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ११ : ५२ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती