एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै « Khabarhub

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रूख छपान र  कटान गरिने भएको छ । एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो । सबडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि सिन्दुरे (रुइना)  प्रजातिका आठसय २५ वटा रूख कटानका लागि स्वीकृति प्राप्त भएको  छ ।

‘केही दिनभित्रै रूख छपानको कार्य अगाडि बढाउने तयारी गरेका छौँ’, उनले भने, ‘सरोकारवाला पक्षसँग छलफल गरी छपान गरिने र कटान आदेश जारी भएपछि कटानको कार्य सुरु हुन्छ ।’ वर्षात्को मौसम भएकाले कार्य अगाडि बढाउनमा विलम्ब भइरहेको उनको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार (प्रयोग) का लागि स्वीकृति प्रदान गरिसकेको छ ।

सामुदायिक वनको पाँच हेक्टर जमिनमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर अमित यादवले बताए । उनका अनुसार उक्त केन्द्र निर्माणका लागि गत वैशाख २३ गते उक्त आयोजना र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो । ‘बीस महिनाभित्र फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको छ’, इञ्जिनीयर यादवले भने, ‘निर्धारित समयभित्रै केन्द्र निर्माण हुन्छ । केन्द्रसम्म पुग्ने अढाइ किलोमिटर सडकसमेत निर्माण हुन्छ।’

नगर प्रमुख रणबहादुर महराले विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले निकै चर्चा पाए पनि निर्माण हुन नसकेको बताए  । ‘ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ’, उनले भने, ‘वतावरणमा असर नपर्ने गरी केन्द्र निर्माण हुन्छ ।’

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १२ : ४१ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश