दिपकराज गिरीको कटाक्ष : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ? « Khabarhub

दिपकराज गिरीको कटाक्ष : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यङ्ग्यले उनीहरूको समर्थक निराश बनेका छन् ।

काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौँको फोहोर नउठाएसम्म चारै तर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् ।

यी दुई मेयरको घोचपेच र व्यङ्ग्यले उनीहरूको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको रूपमा उनीहरू निर्वाचित भएका हुन् ।

उनीहरुबीचको घोचपेच र व्यङ्ग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् ।

कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘ लठ्ठी टेक्ने हो, आपत् पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  २ : ५७ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा