धनिराम लामिछाने मृत्यु प्रकरणबारे बुझ्न कानुनमन्त्री शाही घटनास्थलमा « Khabarhub

धनिराम लामिछाने मृत्यु प्रकरणबारे बुझ्न कानुनमन्त्री शाही घटनास्थलमा


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही धनिराम लामिछानेको मृत्यु प्रकरणको वस्तुस्थिति बुझ्न डिभिजन वन कार्यालय सुर्खेतमा पुगेका छन् ।

लेकबेँसी नगरपालिका–१० सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१३ भूतचोकमा बस्दै आएका ५८ वर्षीय लामिछानेलाई बिहीबार सालको रूख काटेको आरोपमा सब–डिभिजन कार्यालय सुर्खेतका कर्मचारीले पक्राउ गरेर ल्याएका थिए । पक्राउ गरी वन कार्यालयको हिरासतमा राखेको केही बेरमा झ्यालमा घुँडा टेकेर झुन्डिएको अवस्थामा लामिछाने भेटिएपछि मृतकका आफन्तहरू आक्रोशित बनेका थिए ।

आक्रोशित आफन्तहरूले बिहीबार साँझदेखि कार्यालय परिसरमा आन्दोलन गर्दा अवस्था अहिले पनि सामान्य हुन सकेको छैन । सोही घटनाको वस्तुस्थिति बुझ्न आन्तरिक मामिलामन्त्री शाही डिभिजन वन कार्यालयमा पुगेका छन् । 

मृतकका आफन्तहरूले भने कर्मचारीले कुटेर मारेको आरोप लगाउँदै आएका छन् । उनीहरूले घटनामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै त्यसो नभए शव नउठाउने चेतावनी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले घटनास्थल मुचुल्का बनाउने तयारी गर्न थालिएको बताए । 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ३ : ४३ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा