‘नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ’ « Khabarhub

‘नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ’


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताए ।  कृष्ण जन्माष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकताविहीन हुनु नपर्ने उल्लेख गरे ।  

विसं २०७२ मा संविधान बनेपछि कानुन बनाउँन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याइएको उनले बताए ।’नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनुपर्ने थियो तर विसं २०७२ मा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन, अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अगाडि बढाएको हो’, गृहमन्त्री खाणले भने। उनले विधेयकलाई सबैले साथ दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : ५० बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको