लमजुङमा रोपाइँजात्रा सम्पन्न « Khabarhub

लमजुङमा रोपाइँजात्रा सम्पन्न


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सदरमुकाम बेसीसहरमा शुक्रबार नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ । कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् ।

सदरमुकाम बेसीसहरमा नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ ।कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् ।

उनीहरूले पञ्चेबाजासहित बजार परिक्रमा गरेर धान रोपेको अभियन गरी जात्रा निकालेका थिए । बाजाको तालमा उनीहरूले धान रोपेको अभिनय गरेका थिए ।

रोपाइँजात्रा भोटेओडार, सुन्दरबजार, उदिपुर लगायत क्षेत्रमा पनि निकालिने गरिन्छ । बेसीसहरमा नेवा खल: लमजुङको नेतृत्वमा ५ वटा गुठीमा आबद्ध नेवार समुदायले रोपाइँजात्रा निकालेका हुन् । दिउँसो बेसीसहरको भीमसेनस्थानचोकबाट सुरु भएको जात्रा नारायणस्थान चोक, प्रशासनचोक, दनाइँफाँट चोक, शेरा चोकमा जात्रा देखाएर पुनः भीमसेनस्थान चोकमा आएर टुंगिएको थियो ।

‘रोपाइँजात्रा नेवार वस्ती भएका सबै ठाउँमा निकाल्ने गरिन्छ,’ नेवा खलस्का उपाध्यक्ष कृष्णलाल प्रधानले भने । उनका अनुसार व्यापार व्यवसायमा बढी रुचि राख्ने नेवार समुदायले मनोरञ्जनका लागि रोपाइँ जात्राको सुरुवात गरेको हुन् ।

जात्रामा पञ्चेबाजा बजाएर, महिलाको पहिरन लगाएर पुरुषहरू अनेक शृङ्गार गरी सडकमा धान रोपाइँको अभियन गरिन्छ ।

सहनाइमा असारे भाका निकालेर, नरसिंगा, ढलकी, झ्याली र दमाह बजाएर त्यसैको तालमा महिलाको भेषमा सजिएका पुरुषले खेत रोपेको अभिनय गर्ने गरिन्छ । नाग पञ्चमिको दिनदेखि लाखे नाच, गाइजात्रा, रोपाईजात्रा लगायतका जात्रा तीज सम्म निकाल्ने गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ५२ बजे

आज २०८२ साल मंसिर २४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २४ गते बुधबार तदनुसार

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष