अष्ट्रेलियाले श्रीलङ्कालाई थप दुई करोड ५० लाख डलर सहयोग गर्ने « Khabarhub

अष्ट्रेलियाले श्रीलङ्कालाई थप दुई करोड ५० लाख डलर सहयोग गर्ने


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियाले श्रीलङ्कालाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ ।

अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकास तथा प्रशान्त मन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

‘अस्ट्रेलियाले श्रीलङ्कालाई ७० वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । यस चुनौतीपूर्ण समयमा, अष्ट्रेलिया विशेष गरी गम्भीर कठिनाइको सामना गरिरहेका श्रीलङ्काका जनताको साथमा उभिएको छ । यो थप सहयोगले अष्ट्रेलियाको आधिकारिक विकास सहायता प्रतिक्रियालाई सात करोड ५० लाख अमेरिकी डलरमा पु¥याएको छ,’ अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले श्रीलङ्कालाई निरन्तर सहयोग गर्दै पारस्परिक हितलाई समर्थन गर्नुका साथै सहयोग र सामुदायिक सम्पर्कमा आधारित ७५ वर्ष लामो सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ ।

यसअघि गत जुनमा अस्ट्रेलियाले श्रीलङ्कालाई पाँच करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । श्रीलङ्काले अहिले सत्तरी वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ, जसका कारण खाद्यान्न, औषधि र इन्धनको अभाव भएको छ ।

सात दशकयताकै सबैभन्दा खराब आर्थिक संकटका कारण विदेशी मुद्राको अभाव भएको र यसका कारण इन्धन, औषधि र मलजस्ता अत्यावश्यक वस्तुको आयात ठप्प भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ११ : ०७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार