'छालालाई घामले भन्दा बढी प्रदूषणले असर गर्छ' | Khabarhub Khabarhub

‘छालालाई घामले भन्दा बढी प्रदूषणले असर गर्छ’

पसिना धेरै आउनाले एलर्जीको समस्या बढी हुन्छ



काठमाडौं- यो मौसममा छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं । यो एलर्जी जुनसुकै उमेर समूहका मानिसलाई पनि हुने गर्छ । मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने गर्छ ।

खाना, धुलो, फुलको कण, वनस्पतिको पात र किराको टोकाई लगायतबाट एलर्जी हुन्छ । एलर्जी शरीरको जुनसुकै भागमा हुने भएपनि खुला भागमा बढी एलर्जी देखिने गर्छ । पछिल्लो समय छालामा आउने सबै समस्यालाई एलर्जीका रुपमा लिने प्रवृत्ति बढ्दै गएको छ ।

तर, सबै डाबर आउने समस्या एलर्जी हुदैन । यसैको सिकार बनिन् भक्क्तपुरकी सन्जु गंगोल । उनको अनुहारभरी नै डाबर आयो । बिहानै उठ्दा पुरै अनुहार ढाकिने गरि आएको फोकाले सपना हो कि विपना भन्ने लागेको थियो उनलाई ।

बिहानैबाट आएकाले एकै छिनमा ठिक होला भन्ने लाग्यो । त्यही भएर उनी अस्पताल गइनन् । किनकी पहिला पनि दुई दिनमा नै ठिक भएको थियो । तर, यो पटक तीन दिनसम्म पनि ठीक भएन ।

घरेलु उपचारका विधि पनि नअपनाएको भने होइन । तर, पनि केही लागेन् । उनको समस्या बढ्न थाल्यो । नजिकैको मेडिकलमा गएर औषधि किनेर खाइन तर पनि ठिक भएन ।

भोलिपल्ट अस्पताल गएर छाला रोग विशेषज्ञलाई देखाउँदा थाहा भयो । उनलाई फेसवासको एलर्जी भएको रहेछ । त्यसैले अनुहारमा कुनै पनि सामाग्री प्रयोग गर्न भन्दा पहिला डाक्टरको परामर्श लिनुपर्ने हुन्छ ।

गर्मीयाममा यस्ता समस्या बढ्नुको कारण

गर्मीयाममा घाम धेरै हुने भएकाले घामले गर्दा फोटोड्रामाटाइटीस हुन्छ । घामले गर्दा स्किनमा इन्फालमेसन, रातो हुने, दाग आउने हुन्छ । पसिना धेरै आउने भएकाले बडीको फोल्डहरुमा महिलाको ब्रेस्टको मुनि, घाँटीमुनी, कापमा पास्ने हुन्छ ।

यो सिजनमा प्लान्ट एलर्जी र एनिमल एलजीको पनि समस्या देखिने गर्छ । प्लान्टबाट पलेन्टस र एनिमलफरले बढी मात्रामा एलर्जी गराउँछ ।

थाहा पाउनको लागि
एलर्जी र फंगल इन्फेक्सन दुवैको कारणले स्किनमा रातो दाग देखा पर्ने, चिलाउने हुन्छ । फंगल इन्फेक्सन दुई किसिमको हुन्छ । गोलो गोलो चक्का जस्तो स्किनमा दाग देखा पर्छ ।

यो एकदमै चिलाउने खालको हुने छाला रोग विशेषज्ञ डा. उमा क्याले बताइन् । उनी भन्छिन्, ‘स्किनको नर्मल टोन भन्दा अलिकती कालो या अलिकती सेतो दागहरु देखा पर्छ । यो मुख्यत काखीमा, घाँटीमा, छातीको एरीयाबाट सुरु भएर अन्य ठाँउमा फैलिने हुन्छ । यो नचिलाउने खालको फंगल इन्फेक्सन हो ।’

सबै व्यक्तिलाई थाहा नहुन पनि सक्छ । धेरै जनाले यसलाई दाद मात्रै भनेर बुझनु हुन्छ । सेतो दाग आएको छ भने धेरै जनाले दुबी आएको ठान्नुहुन्छ । तर, धेरै लामो समयसम्म ठिक नभएपछि मात्र उपचारको लागी आउनुहुन्छ ।

समयमै उपचार नगर्दा जोखिम
जुनसुकै समस्याको पनि समयमै उपचार गर्नु राम्रो हो । यो समस्याले जीवनमा समस्या ल्याउने हुँदैन । तर, लामो समयसम्म उपचार नगर्दा जटिल रुप लिनसक्छ ।

स्किनको सानो एरियामा भएको इन्फेक्सन ठूलो एरियामा फैलियो भने उपचार पनि लामो समय गर्नुपर्ने हुन्छ । सुरुमै उपचार गरियो भने सामान्य मल्हम मात्र लगाउँदा ठिक हुन्छ ।

तर, समयमा उपचार गरीएन भने लामो समय सम्म औषधि खानुपर्ने डाक्टर क्यालले बताइन् । यस्तो अवस्थामा एन्टीबायोटिक औषधि खानुपर्ने हुन्छ ।

समस्या आउनै नदिन घरमा नै गर्न सकिने सावधानी
छालाको समस्या आउन नदिन दिनमा एकपटक नुहाउनु पर्छ । नुहाउन सकिएन भने रुमालले शरीर पुछेर बडी लोसन लगाउनुपर्छ ।

एन्टी फंगल पाउडर बडी फोल्डमा लगाउन सकिन्छ । एन्टी फंगल पाउडरले पसिनालाई सोस्ने र किटाणुको संक्रमण हुनबाट रोक्छ । पिम्पल आउने व्यत्तिले बिहान बेलुका मुख धुनुपर्छ ।

घरमा बस्दा या घरबाहिर निस्कदाँ सनब्लक क्रिम लगाउन सकिन्छ । हामीले सनब्लक लगाउँदा एसपीएफ ५० को लगाउदा प्राप्त हुन्छ । एसपीएफसँगै हामीले पिए फयाक्टर पनि हेर्नुपर्छ ।

एसपीएफ ५० सँगै पिए फयाक्टर त्रिपल प्लस भएको सनब्लक लगाउँनुपर्छ । घर बाहिर निस्कदाँ शरीर पुरै छोप्ने लुगा लगाउने, छाताको प्रयोग गर्ने गर्नुपर्छ । घामले मात्र नभई हाम्रो छालालाई वातावरणबाट आउने प्रदूषणले असर गर्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : १५ बजे

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा

पर्वत– पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति