खेलकुद

एट्लेटिकोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा फर्कियो

By खबरहब

September 19, 2022

काठमाडौँ – एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ।

मड्रिड डर्वीको जितमा रियलको लागि रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे। घरेलु टोलीका मारियो हर्मोसोले एक गोल फर्काए।

खेलको अन्त्यतिर मारियो हार्मोसले रातो कार्ड बेहोर्दा एट्लेटिको १० खेलाडीमा समेटिन भयो।

लगातार छैटौं जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। रियलले बार्सिलोनालाई २ अंकले पछि पार्‍यो।

पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ।