संविधान दिवसमा काठमाडौँकी उपमेयर डंगोलको शुभकामना « Khabarhub

संविधान दिवसमा काठमाडौँकी उपमेयर डंगोलको शुभकामना


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरवासीमा संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनका लागि अपिल गरेकी छन्।

संविधान दिवसको अवसरमा एक विज्ञप्तिमार्फत शुभकामना सन्देश जारी गर्दै उनले दिवसको अवसरमा काठमाडौँ महानगरवासीका विकास र समृद्धिका सपनाले सार्थकता प्राप्त गर्न सकोस् भन्ने कामना गरेकी छन्।

‘संविधान जारी भएको आज सात वर्षको यात्रा पूरा भएको छ। यो अवधिमा वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्न सकेको छ। त्यसैगरी जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न पनि यो संविधानले ओजस्वी भूमिका खेलेको छ भन्ने अनुभूति भएको छ।’ विज्ञप्तिमा भनिएको छ।

साथै उनले मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्दै अघि बढ्न पनि सबैमा अनुरोध गरेकी छन्।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ११ : २७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष